|

उदयपुर : तत्कालीन माओवादी युवका पूर्वलडाकुका अगुवाहरु धेरै सत्ताको बागडोर सम्हालिरहेका छन्। अगुवा लडाकुहरु मन्त्रीदेखि संसद्‍सम्म बनिसकेका छन्। तर, जो सिपाही भएर माओवादी युद्धमा बन्दुक बोकेका थिए, तिनीहरु पनि समाजमा स्थापित हुन नसेको सबैका सामु घाम जस्तै छलंग छ।

त्यही माओवादी युद्धमा सिपाही भएर बन्दुक बोकेका उदयपुरका दुई युवा दुई नगरपालिकाको एक/एक वडामा  अध्यक्षमा निर्वाचित भएका छन्। तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धमा सामेल भएका दुई युवा निर्वाचित भएका हुन्। बुलेटले राज्य सत्ता कब्जा गर्न २०५९ सालबाट माओवादीको युद्ध होमिएका दुई युवा अहिले ब्यालेटले वडा सत्ता कब्जा गर्न सफल भएका हुन्।

दुवैजना माओवादी युद्धका मोर्चा सँगै लडेर आउँदा अहिले जनप्रतिनिधिको रुपमा परिचय बनाउन भ्याएका छन्। माओवादीको भाषा दुवै जनमुक्ति सेनाका प्लाटुन कमाण्डर हुन्। शान्ति प्रक्रिया आएपछि अवकाश रोजेका युवा शान्ति प्रक्रियाबाट स्थानीय राजनीति छिरेको हुन्। कलिलै उमेरमा पूर्वलडाकुको उपनाम लिएर राजनीतिमा छिरेको एक दशकपछि आफ्नो प्यानलै लिएर माओवादी केन्द्रबाट वडा सत्ता सम्हाल्न पुगेका छन्।

कटारी नगरपालिका ११ बाट दीपक बुढाथोकी (सरोज) र चौदण्डी नगरपालिका २ मा वडा अध्यक्ष निर्वाचित भएका सन्तोष सुवेदी बलिदान हुन्। अहिले उनीहरु वडाको सत्ता कब्जा गरेर आमुल परिवर्तनको नारा घनक्याउँदै शुभकामना साटासाट गर्न व्यस्त छन्।

२९ वर्षे बुढाथोकी र ३४ वर्षे सुवेदी २०५९ सालबाट सँगै माओवादीको जनयुद्धमा होमिएका थिए। शान्ति प्रक्रियापछि अवकाश रोजेका दुवैलाई पूर्वलडाकुको पनि पदक थमाइन्छ। ‘हामीले सर्लाहीको मलंगवा, भोजपुरको घोडेटार, उदयपुरको गाईघाट, उदयपुरकै ताप्ली, मैनामैनी चिसापानी, सिरहाको बन्दिपुर लगायतमा तत्कालीन शाही सेनाविरुद्ध लडेका हौं,’ थाहाखबरको कुराकानीमा कनपा ११ बाट वडा अध्यक्षमा निर्वाचित बुढाथेकीले भने, ‘बलिदान जिले पनि जित्नुभएछ, घोडेटारको लडाइँबाट बाँचेर फर्कने आश मारेका थियौं, अहिले बाचेर पनि वडा अध्यक्षमा निर्वाचित भइयो खुसी लागेको छ।’

नेपालको इतिहासमा २० वर्षपछि भएको राजनीतिक उतार चढावले धेरै परिवर्तन ल्याएको छ। त्यही परिवर्तन संस्थागत गर्न भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा दुबैले बुलेटभन्दा व्यालेटको लडाईमा सहज महशुस गरेको अनुभव बताए। ‘नेपालको सन्दर्भमा त्यतिवेला युद्धमा सामेल नभएको भए अहिले स्थानीय तहको निर्वाचन हुने थिएन होला,’ चौदण्डी नगरपालिका २ बाट वडा अध्यक्षमा निर्वाचन सुवेदीले थाहाखबरसँग टेलिफोन सम्पर्कमा भने, ‘हामी माओवादीका पूर्वलडाकु भए पनि सामाज परिवर्तनको बाटो सधैं राम्रो काम गर्नेलाई ब्यालेटमा पनि जनताले साथ दिए।’

शान्ति प्रक्रियापछि माओवादी सेनालाई पूर्वलडाकुको रुपमा हेरिन्छ। अहिले वडा सरकार प्रमुख बनेका बुढाथोकीले भने, ‘त्यो माओवादी युद्धलाई जसले जे संज्ञा  दिए पनि मैले परिनर्तनको लागि चेतना जगाउने युद्ध सम्झने गरेको छु, बुढाथोकीले भने। देशको परिस्थिति र जनताको भावनालाई बुझेर राजनीतिमा लागेको बताउने दुवैले एकै अवाजमा भने, ‘जनताको आवाश्यकता आफ्नो आवाश्यकता सम्झेर जनताको सेवामा लागे बुलेट नभएर ब्यालेटमा पनि जनताले साथ दिने रहेछन्।’

बुढाथोकी ३ सय ७३ मतले विजयी भएका हुन् भने सुवेदी ५ सय ७२ मतले निर्वाचित भएका हुन्। ७८ मतले बुढाथोकीले प्रतिद्वन्द्वीलाई  पराजित गरेका हुन् भने सुवेदीले ४५ मतले हराएका थिए। दुवैको शिक्षा ब्याचलर पास छ। दुवैले माओवादीको विभिन्न जिम्मेवारीसमेत सम्महालीसकेका छन्।

यस्तो छ दुवैको योजना

भोट माग्दा गरेका वाचा पूरा गर्छु

मैले जनताको जे काम गर्दै आएको छु, त्यो पूरा गर्ने छु। अहिलेको संविधानअनुसार स्थानीय सरकार भनेको वडा अध्यक्ष हो। संविधानले दिएका अधिकारको प्रयोग गरेर कटारी नगरपालिकाका ११ का नवनिर्वाचित वडा अध्यक्ष दीपक बुढाथोकीले बताए। ‘कनपाको पहाडी क्षेत्र पर्ने यस ११ मा जिल्लाकै नमुनामा काम गरेर देखाउने छु,’ मैले भोगेका समस्याहरु जनता हुन, त्यसलाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

पुन:संरचनापछि समावेश भएर साविकको हर्देनी गाविस कटारी ११ भएको हो। विद्युत, खानेपानी, शिक्षा, सडकको मुख्य समस्या समाधान गर्ने उनले बताए। ‘जनतालाई घुम्ती सेवामार्फत सरकारी सेवा सुविधा दिनेछु,’ उनले भने, बेतिनी, हुँदै गहुँबारी लगायतको क्षेत्रमा पर्यटकीयस्थल बनाउने छु।

जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने भन्दै बनेका सडक, खानेपानी, विद्युत लगायतका योजनालाई व्यवस्थित बनाउने र नभएको बस्तीहरु नयाँ योजना ल्याउने, एकीकृत नमुना बस्तीका योजना ल्याउने, अपांग, दलित, जनजातिको लागि विशेष अधिकारको व्यवस्था गर्ने योजना भएको बताए।

एक नम्बर प्रदेशकै नमुना वडा बनाउँछु

यसैगरी, चौदण्डी नगरपालिका २ बाट निर्वाचित सन्तोष सुवेदीले एक नम्वर प्रदेशकै नमुना वडा बनाउने बताए। ‘माओवादीको जनसत्ता नै अहिलेको वडा सरकार हो,’ म पार्टी अध्यक्षप्रति धेरै विश्वास गर्ने मान्छे भन्दै भने, ‘समाजनमा रहेका बिकृति बिसंगति लगाई युद्ध कालमा मैले जसरी निर्मुल पारेको थिए, त्यसरी समाजमा परिवर्तन ल्याउने छु।’ चौदण्डीगढी नगरपालिकाको आमूल परिवर्तनका लागि आफू लागिपर्ने बताए।

मैले मेरो घोषणा पत्रमा जे लेखेको छु त्यो पूरा गरेर देखाउने छु। मलाई जनाले मत दिएर जिताउनुभएको छ, म त्यसको ऋणी छु। चौदण्डी नपा २ मा एक घर एक रोजगारीको कार्यक्रम लागू गर्ने भनेको छु। जनतालाई घुम्ती सेवामार्फत सरकारी सेवा दिन्छु। सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सरल ब्याजमा ऋण उपलब्ध गराउन पहिलो प्रयास गर्ने छु।

संविधानले दिएको अधिकारहरु जनताको लागि सहज रुपमा कार्यन्वयन गराउने प्रतिवद्धता व्यक्त गर्दछु। कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी त्यस क्षेत्रका जनताको समस्या हुन्। सडक, खानेपानी, ढल, पार्टी पौवाको संरक्षण र व्यवस्थिति गर्दै नभएका ठाउँमा बनाउन पहल गर्ने छु। प्रकृतिक स्रोत र साधनको सदुपयोग गर्ने छु।

जल, जमिन, जंगलको आधुनिकरण गरी प्रयोग गर्दै जाने छु। कृषिमा पकेट क्षेत्रको रुपमा बिसका गर्ने छु। तरकारी, फलफुल, खाद्यन्न बाली, नगदेबालीको पकेट क्षेत्र छुट्याएर व्यवसायिक कृषिमा जोड दिनेछु। बैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै स्थानीय क्षेत्रमा रोजगारीको व्यवस्था गर्न विशेष जोड दिन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.