|

कालिकोट : कुनैबेला माओवादीको तत्कालीन सशस्त्र युद्धका बेला रामारोशनलाई माओवादीको राजधानीको रुपमा चिनिन्थ्यो। माओवादी सशस्त्र जनयुद्धको बाटो परित्याग गरेपछि भएको स्थानीय तहको निर्वाचनमा पनि अछामको रामारोशन आफ्नो लालकिल्लालाई जोगाएको छ।

सशस्त्र युद्धको बेला जनवादी सत्ताको अभ्यास गरेको र अहिले पनि आफ्नो पार्टीले बहुमतका आधारमा जितेका कारणले आधार इलाकाका जनतालाई सत्ताको साच्चै अनुभूति हुने किसिमले स्थानीय सरकार सञ्‍चालन गर्ने नवनिर्वाचित उपाध्यक्ष सरस्वती रावलले बताइन्।

‘युद्धका बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा हो।’ उनले भनिन्, ‘हिजो युद्धका बेला जनवादी सत्ता चलायौं। अब वैधानिक रुपमा सत्तामा आएका छौं। जनतालाई सत्ताको अनुभूति हुने किसिमले काम गर्छौं।’

साविक ६ वटा गाविस मिलेर बनेको रामारोशनमा ६ वटा वडा रहेका छन्। ६ वटा वडामा माओवादीले ३ वटा वडामा विजयी भएको छ भने २ वटा वडामा एमाले र १ वडामा नेपाली कांग्रेस विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.