|

पाल्पा : आफ्नो पार्टीले हार बेहोरेपछि माओवादी केन्द्रका बगनासकाली गाउँपालिकाका अध्यक्ष मधुरा ढकालले राजीनामा दिएका छन्। नेपाली काँग्रेससंग तालमेल गर्दा पनि आफ्ना उम्मेदवारले नजितेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।

कांग्रेससँग गरिएको चुनावी तालमेलमा भएको सहमति अनुसार कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवारी दिएको थियो। अध्यक्षका उम्मेदवार कांग्रेसका कृष्णप्रसाद बस्याल विजयी भए तर उपाध्यक्षका उम्मेदवार कृष्णप्रसाद भुसाल भने पराजित भए।

उपाध्यक्षमा एमालेकी सरस्वती चिदी विजयी भएकी छन सोमबार एक विज्ञप्ती निकालेर ढकालले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। "कांग्रेससँग तालमेल गर्दा पनि उपाध्यक्षदेखि वडा तहसम्म विजयी हासिल गर्न नसक्नु प्रमुखको हैसितयले सम्पूर्ण जिम्मेवारी मैले लिदै पदबाट राजीनामा दिएको छुु' ढकालले विज्ञप्तिमा मार्फत भनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.