काठमाडौं : स्थानीय तह निर्वाचनको दोस्रो चरणमा संसदको पहिलो दल नेपाली कांग्रेसले १०० स्थानमा प्रमुख/अध्यक्ष जितेको छ। ३३४ स्थानीय तह मध्ये परिणाम आएका २६१ मध्ये कांग्रेसले १०० तहमा मुख्य पद जितेको हो।
प्रदेश १ का ३६, प्रदेश ५ का २८ र प्रदेश ७ का ३६ सय गरी १०० स्थानीय तहमा कांग्रेसका उम्मेदवार प्रमुख पदमा विजयी भएका हुन्। दोस्रो चरणको निर्वाचन अन्तर्गत अब ७३ स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ।
१०० स्थानीय तह जित्दासम्म प्रदेश नम्बर ७ मा कांग्रेस पहिलो पार्टी बनेको देखिन्छ भने प्रदेश नम्बर ५ मा २ सिटले एमाले बढी छ। तर प्रदेश नम्बर १ मा भने कांग्रेसको स्थिति कमजोर देखिएको छ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा कांग्रेस कमजोर देखिएको छ। शतक पूरा गर्दासम्म यो प्रदेशमा जम्मा ३५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रदेश १ का ९७ स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेसको ३५ मात्रै देखिएको छ। यो प्रदेशमा २४ गाउँपालिका र र ११ नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
कांग्रेस उम्मेदवार विजयी भएका गाउँपालिका
- श्रीप्रसाद यादव, गढी गाउँपालिका, सुनसरी
- फाल्गुनन्द गाउँपालिका, पाँचथर
- फालेलुङ गाउँपालिका, पाँचथर
- तुम्वेवा गाउँपालिका, पाँचथर
- झापा गाउँपालिका, झापा
- कटहरी गाउँपालिका, मोरङ
- मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
- आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
- सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
- सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङ
- भोटखोला गाउँपालिका, संखुवासभा
- चिचिला गाउँपालिका, संखुवासभा
- सिलीचोङ गाउँपालिका, संखुवासभा
- रोङ गाउँपालिका, इलाम
- फाकफोकथुम गाउँपालिका, इलाम
- माङसेबुङ गाउँपालिका, इलाम
- मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा
- खिजीदेम्वा गाउँपालिका, ओखलढुङ्गा
- चम्पादेवी गाउँपालिका, ओखलढुङ्गा
- सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
- अरुण गाउँपालिका, भोजपुर
- साल्पासिलिछो गाउँपालिका, भोजपुर
- बराहपोखरी गाउँपालिका, खोटाङ
- ऐसेलुखर्क गाउँपालिका, खोटाङ
- दिप्रुङ गाउँपालिका, खोटाङ
कांग्रेस उम्मेदवार विजयी ११ नगरपालिका
- चौदण्डीगढी नगरपालिका, उदयपुर
- फिदिम नगरपालिका, पाँचथर
- लालीगुराँस नगरपालिका, तेह्रथुम
- धर्मदेवी नगरपालिका, संखुवासभा
- हलेसीतुवाचुङ नगरपालिका, खोटाङ
- पाँचखपन नगरपालिका, संखुवासभा
- भोजपुर नगरपालिका, भोजपुर
- षडानन्द नगरपालिका, भोजपुर
- सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बु
- रतुवामाई नगरपालिका, मोरङ
- लेटाङ नगरपालिका, मोरङ
प्रदेश नम्बर ५
शतक पूरा हुँदासम्म प्रदेश नम्बर ५ का २९ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर एमालेसँग बराबरी कायम गरेको छ। यो प्रदेशमा २२ गाउँपालिका र ७ नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
यी हुन् कांग्रेस उम्मेदवार विजयी हुने पाँच नम्वर प्रदेशका गाउँपालिकाहरु
- सत्यवती गाउँपालिका, गुल्मी
- कालीगण्डकी गाउँपालिका, गुल्मी
- गुल्मीदरबार गाउँपालिका, गुल्मी
- चन्द्रकोट गाउँपालिका, गुल्मी
- माथागढी गाउँपालिका, पाल्पा
- रैनादेवी छहरा गाँउपालिका, पाल्पा
- बगनासकाली गाउँपालिका, पाल्पा
- पाणिनी गाउँपालिका, अर्घाखाँची
- छत्रदेव गाउँपालिका, अर्घाखाँची
- लुङग्री गाउँपालिका, रोल्पा
- यसोधरा गाउँपालिका, कपिलवस्तु
- ऐरावती गाउँपालिका, प्युठान
- गौमुखी गाउँपालिका, प्युठान
- नौबहिनी गाउँपालिका, प्युठान
- गेरुवा गाउँपालिका, बर्दिया
- राप्ती गाउँपालिका, दाङ
- शान्तिनगर गाउँपालिका, दाङ
- राजपुर गाउँपालिका, दाङ
- डुडुवा गाउँपालिका, बाँके
- राप्तीसोनारी गाउँपालिका, बाँके
- प्रतापपुर गाउँपालिका, नवलपरासी
- मायाँदेवी गाउँपालिका, रुपन्देही
प्रदेश नम्बर ५ मा कांग्रेसले जितेका ६ नगरपालिका
- रामपुर नगरपालिका, पाल्पा
- शितगंगा नगरपालिका, अर्घाखाँची
- सन्धिखर्क नगरपालिका, अर्घाखाँची
- रामग्राम नगरपालिका, नवलपरासी
- सुनवल नगरपालिका, नवलपरासी
- गुलरिया नगरपालिका, बर्दिया
- देवदह नगरपालिका, रुपन्देही
प्रदेश नम्बर सात
कांग्रेस प्रदेश नम्बर ७ मा पहिलो पार्टीको रुपमा देखिएको छ। जस अन्तर्गत २२ गाउँपालिका अध्यक्ष र १४ नगरपालिका प्रमुख सहित ३६ स्थानीय तहमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
कांग्रेसले जितेका गाउँपालिका
- दुहुँ गाउँपालिका,दार्चुला
- व्यास गाउँपालिका,दार्चुला
- मालिकार्जुन गाउँपालिका, दार्चुला
- शिवनाथ गाउँपालिका, बैतडी
- मेलौली गाउँपालिका, बैतडी
- सिगास गाउँपालिका, बैतडी
- सुर्नय गाउँपालिका, बैतडी
- अलिताल गाउँपालिका, डडेल्धुरा
- भागेश्वर गाउँपालिका, डडेल्धुरा
- गन्यापधुरा गाउँपालिका, डडेल्धुरा
- परशुराम गाउँपालिका, डडेल्धुरा
- काँडा गाउँपालिका, बझाङ
- सूर्मा गाउँपालिका, बझाङ
- खप्तडछान्ना गाउँपालिका, बझाङ
- बडीकेदा गाउ, डोटी
- ढकारी गाउँपालिका, अछाम
- बान्नीगढी जयगढ गाउँपालिका, अछाम
- तुर्माखाँद गाउँपालिका, अछाम
- के.आई.सिं गाउँपालिका, डोटी
- जोशोपुर गाउँपालिका, कैलाली
- हिमाली गाउँपालिका, बाजुरा
- छेडेदह गाउँपालिका, बाजुरा
कांग्रेस उम्मेदवार विजयी भएका प्रदेश नम्बर ७ का नगरपालिका
- शैल्यशिखर नगरपालिका, दार्चुला
- महाकालि नगरपालिका, दार्चुला
- पाटन नगरपालिका, बैतडी
- दशरथचन्द नगरपालिका, बैतडी
- महाकाली नगरपालिका,कञ्चनपुर
- शुक्लाफाँट नगरपालिका, कञ्चनपुर
- बुंगु नगरपालिका, बझाङ
- शिखर नगरपालिका, डोटी
- बडिमालिका नगरपालिका, बाजुरा
- त्रिवेणी नगरपालिका, बाजुरा
- बूढीगंगा नगरपालिका, बाजुरा
- बूढीनन्दा नगरपालिका, बाजुरा
- कमलबजार नगरपालिका, अछाम
- पञ्चदेवविनायक नगरपालिका, अछाम
तपाईंको ईमेल गोप्य राखिनेछ ।