|

  • मणिकुमार श्रेष्ठ 

सुनसरी : सोमबारसम्म नतिजा सार्वजनिक भएका सुनसरीका तीन स्थानीय तह मध्ये नेपाल लोकतान्त्रिक फोरमले दुई तहमा जित हात पारेको छ। लोकतान्त्रिक फोरमले सुनसरीको दुहवी र बर्जु गाउँपालिकामा विजय हासिल गरेको हो।

निर्वाचन कार्यालय सार्वजनिक गरेको नतिजा अनुसार दुहवी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदार सात हजार ४२० मत प्राप्त गरी विजयी भएका छन् भने उपप्रमुखमा सोही पार्टीका सुनिता दाहाल शाह ६ हजार ६८३ मत प्राप्त गरी विजयी भएका छन्।

गच्छदारका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गौरीशङ्कर रौनियारले ५ हजार ६१५ मत प्राप्त गरे भने कांग्रेसकै उपपमुखका उम्मेदवार कल्पना कार्कीले ५ हजार ६० मत प्राप्त गरिन्।

दुहवी नगरपालिकाका नव निर्वाचित वडाध्यक्षहरूः

  • वडा नम्बर १ अजुल हुसेन (एमाले)
  • वडा नम्बर २ अरविन्दकुमार विश्वास (कांग्रेस)
  • वडा नम्बर ३ माधवबहादुर भण्डारी (एमाले)
  • वडा नम्बर ४ राजनकुमार बस्नेत (एमाले)
  • वडा नम्बर ५ रमेशकुमार रौनियार (लोकतान्त्रिक फोरम)
  • वडा नम्बर ६ मन्ना हलुवाई (संघीय समाजवादी)
  • वडा नम्बर ७ विजयकुमार चौधरी (लोकतान्त्रिक फोरम)
  • वडा नम्बर ८ तारिक चन्द्र सरदार (नेपाली कांग्रेस)
  • वडा नम्बर ९ मेहदी हुसेन मियाँ (कांग्रेस)
  • वडा नम्बर १० लधुराम माझी थारु (फोरम लोकतान्त्रिक)
  • वडा नम्बर ११ आशाराम चौधरी (लोकतान्त्रिक फोरम)
  • वडा नम्बर १२ खुसिलाल चौधरी (लोकतान्त्रिक फोरम)

सोमबार नै सावैजनिक भएको बर्जु गाउँपालिकाको नतिजाअनुसार अध्यक्षमा लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरीले ४ हजार ७३४ मत तथा सोही पार्टीका उपाध्यक्षका उम्मेदवार सङ्गीताकुमारी रायले चार हजार ६२२ मत प्राप्त गरी विजयी भएका छन्।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार फनिलाल चौधरीले तीन हजार ६९२ मत र उपाध्यक्षमा उम्मेदवार सोमकुमारी गुरुङ रायले तीन हजार ३६८ मत ल्याएका थिए।

बर्जु गाउँपालिकाको नव निर्वाचित वडाध्यक्षहरूः  

  • वडा नम्बर १ श्यामकुमार गुरुङ (माओवादी केन्द्र)
  • वडा नम्बर २ आनन्द यादव (कांग्रेस)
  • वडा नम्बर ३ प्रदिपकुमार चौधरी (एमाले)
  • वडा नम्बर ४ सम्पत लाल चौधरी (लोकतान्त्रिक फोरम)
  • वडा नम्बर ५ किशोर कुमार चौधरी (लोकतान्त्रिक फोरम)
  • वडा नम्बर ६ विनोदकुमार चौधरी (एमाले)  

त्यसैगरी भोक्राहा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव विजयी भएका छन्। नेपाली कांग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।

यादवले तीन हजार ५२८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए।

उपाध्यक्षमा सङ्घीय समाजवादी फोरमकै पुनमकुमारी मेहता विजयी भएकी छन्। उनले तीन हजार ३४३ मत ल्याइन्। उनले कांग्रेसकी अञ्जु मेहतालाई एक हजार ३८ मत अन्तरले पराजित गरिन्।

भोक्राहा गाउँपालिकाका नव निर्वाचित वडाध्यक्षहरूः

  • वडा नम्बर १ ललित थापा (एमाले)
  • वडा नम्बर २ आलम मियाँ (कांग्रेस)
  • वडा नम्बर ३ सुकदेव यादव (संघीय समाजवादी)
  • वडा नम्बर ४ हारुन अन्सारी (कांग्रेस)
  • वडा नम्बर ५ बसरुदिन मियाँ (एमाले)
  • वडा नम्बर ६ राजेश्वरप्रसाद यादव (संघीय समाजवादी)
  • वडा नम्बर ७ मा रामचन्द्र यादव

दुहवी नगरपालिका, वर्जु र भोक्राहा गाउँपालिकाका नव निर्वाचित पदाधिकारीलाई सोमबार नै सपथ गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.