|

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकामा मुख्य पदसहित अधिकांश वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

चौदण्डीगढी नगरपालिकाका निर्वाचन अधिकृत पुण्यप्रसाद लुइँटेलका अनुसार प्रमुख पदमा कांग्रेसका खगेन्द्र राईले नेकपा एमालेका प्रमुख पदका उम्मेदवार नरेन्द्र राउतलाई ५४० मतले हराउँदै विजयी हासिल गरेका हुन्।

सुरुवातदेखि प्रतिस्प्रर्धामा रहेका राईले ६ हजार ८ ७० मत प्राप्त गरेका छन् भने राउतले ६ हजार ३३० मत प्राप्त गरेका छन्।

यसैगरी उप्रमुख पदमा कांग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ६ सय ६६ मत प्राप्त गरेकी छन्। चौधरीका प्रतिद्वन्द्वी एमालेकी उपप्रमुख पदकी उम्मेदवार कान्ताकुमारी राईले ६ हजार ४८५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। चौधरीले राईको भन्दा १ हजार १ सय ८१  मत बढी पाएकी हुन्।

यसैगरी नेकपा माओवादी केन्द्रबाट चौदण्डीगढीमा प्रमुख पदको उम्मेदवार कुमारसिंह कार्कीले ४ हजार ७२५ मत ल्याएर पराजय भोगेका छन्। माओवादीकी उपप्रमुख पदकी उम्मेदवार मायादेवी राईले ३ हजार ६१८ मत पाएको निर्वाचन अधिकृत लुइँटेलले बताए।

मन्त्री खड्काको साख जोगियो       

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहरी विकास मन्त्री डा. नाराणय खड्काले आफ्नो साख जोगाएका छन्। उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने बेलका र चौदण्डी नगरपालिका खड्काको क्षेत्रको रुपमा परिचित छ। मन्त्री खड्काले २०६४ सालबाट यता दुई पटक भएको संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्वर १ मा पर्ने त्यही क्षेत्रबाट विजयी हुँदै आएका थिए।

खड्काले जितेको निर्वाचन क्षेत्रमा पर्ने दुवै नगरपालिकामा कांग्रेसले अग्रता लिए पनि बेलकामा भने विवादको कारण मतगणना रोकिएको छ।

१० वटा वडा रहेको चौदण्डीमा ६ वडामा वडाध्यक्ष समेत कांग्रेसले जितेको छ। यसैगरी नेकपा माओवादी केन्द्रले ३ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १ वटा मात्र वडा जित्न सफल भएको छ।

चौदण्डीको कुन वडामा कुन पार्टीका वडाध्यक्ष निर्वाचिन भए?

  • वडा नम्वर २ मा सन्तोष सुवेदी माओवादी केन्द्र।
  • वडा नम्वर ३ मा पशुराम राई कांग्रेस।
  • वडा नम्वर  ४ मा चरण राई कांग्रेस ।
  • वडा नम्वर ५ मा देवनारयाण चौधरी माओवादी केन्द्र।
  • वडा नम्वर  ६ कमल जंग राई माओवादी केन्द्र।
  • वडा नम्वर ७ मा तेजराज तिम्लिसिना कांग्रेस।
  • वडा नम्वर ८ मा श्यामकुमार खपाङगी कांग्रेस।
  • वडा नम्वर ९ मा प्रकाश राउत एमाले।
  • वडा नम्वर  १० मा रामकुमार खड्का कांग्रेस।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.