|

सुनसरी : सुनसरीको इनरुवा नगरपालिका प्रमुख र उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवारले जित्ने पक्का भएको छ। सोमबार राति साढे ९ बजेसम्मको मतपरिणाम अनुसार प्रमुखमा कांग्रेसका उम्मेदवार राजन मेहेता अग्रस्थानमा छन्।

५०० मत गन्न बाँकी रहँदा उनले १० हजार ६२३ मत ल्याएका छन्। जबकि उनका निकटतम प्रतिद्वन्द्वी पोष्ट नेपालले ९ हजार ३२१ मत ल्याएका छन्।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवारले जित्ने निश्चित छ। उपप्रमुखमा कांग्रेसका उम्मेदवार जानुकादेवी गौतमले १० हजार ५०७ ल्याएकी छन्। उनका निकटमत प्रतिद्वन्द्वी कवितादेवी यादवले ८ हजार ६८९ ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.