|

काठमाडौं : रुपन्देहीको बुटबल उपमहानगरपालिकामा नेकपा एमालेले नेपाली कांग्रेससँगको मतान्तर २३ सय पुर्‍याएको छ। करिब ३७ हजार मत गणना हुँदा प्रमुख पदका नेकपा एमालेका उम्मेदवार शिवराज सुवेदीले १७८४२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले १५४०९ मत ल्याएका छन्।

उपप्रमुखमा भने एमाले उम्मेदवारले दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारसागको मतान्तर ९ हजार पुर्‍याएकी छन्। उपप्रमुखकी एमाले उम्मेदवार गुमादेवी आचार्यले १९५१० मत ल्याएकी छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पोखरेलले १०८४९ मत ल्याएका छन्।

बुटबल उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन्। मंगलबार विहानसम्म वडा नम्बर १३ को १७०० गणना हुँदा वडाअध्यक्षमा नेकपा एमालेका योग गुरुङले ५९३ र नेपाली कांग्रेसका नारायण पुनले ८३६ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.