|

गुल्मी : हरिशयनी एकादशीको अवसरमा गुल्मीको ऐतिहासिक तपोभूमि रेसुङ्गामा पोखरीमा नुहाउन भक्तजनको भीड लागेको छ। सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गाको पोखरीमा नुहाउनको लागि तथा पूजा गर्न बिहानैदेखि श्रद्धालु भक्तजनहरु पुगेका छन्।

नेपालकै चारधाममध्येकै एकधाम पर्ने धार्मिकस्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता छ। पोखरीमा नुहाउन गुल्मीलगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन्। धार्मिकस्थल रेसुङ्गमा नुहाउन तथा पूजा गर्न, ऐतिहासिकस्थलको अवलोकन गर्न गुल्मीलगायत नेपालका विभिन्न ठाउँबाट धार्मिकस्थलमा आउने गर्दछन्।

धार्मिकस्थल रेसुङ्गामा रहेको भ्युटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ। गुल्मीको सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको कच्चीबाटोमा गाडीको यात्रा र केही पैदल यात्रापछि उक्त स्थानमा  पुग्न सकिन्छ। केही वर्ष पहिलेबाट तपोभूमि रेसुङ्गामा सवारीसाधन जान थालेका हुन्। 

रेसुङ्गा सबै महत्वले भरिपूर्ण भए पनि पोखरीसम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानीय बताउँछन्। एकादशीका दिन विशेष मेलाबाहेक रेसुङ्गामा साउनभर १ महिना मेला साउने औशीका दिन विशेष मेला लाग्ने गर्दछ। रेसुङ्गामा अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.