|

  • अनिल खत्री-

गुल्मी : जिल्लाका स्थानीय तहमा हालै निर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन्। गुल्मीका सबै १२ वटा स्थानीय तहमध्ये अधिकांशका जनप्रतिनिधिले शपथ लिइसकेका छन्। जिल्लाको २ नगरमध्येको मुसिकोट नगरपालिकामा नव निर्वाचित नगर प्रमुख सोमनाथ सापकोटा र उपप्रमुख कमला गौतमले सोमबार पदभार ग्रहण गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिए लगत्तै नगरपालिकाको कार्यालय वामी टक्सारमा सापकोटा र गौतमले पदभार ग्रहण गरेका छन्।

सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै मेयर सापकोटाले भौतिक पूर्वाधार निर्माण, जनमैत्री प्रशासन तथा गरिबी र विकटताको कारणले आधारभूत आवश्यकताबाट वन्चित समुदायमा काम गर्नु पहिलो प्राथमिकता हुने बताए।

जिल्लाको मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, रुरु गाउँपालिका, इस्मा गाउँपालिकाका जनप्रतिनिधिले पनि सपथ लिएका छन्। ती गाउँपालिकामा निर्वाचित जनप्रतिनिहरुले पनि जनमैत्री लोकप्रिय कार्यक्रमहरु छिट्टै ल्याउने बताएका छन्। मालिका गाउँपालिकाका जनप्रतिनिधिले पनि केही दिनमा नै नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.