एक पटकमा ९० किलो बोक्न सकिने

|

कालिकोट : फलफूल तथा तरकारी ढुवानी गर्नका लागि तिलागुफा नगरपालिकाको चिल्खायामा रोपवे सञ्‍चालनमा आएको छ। फलफूल तथा तरकारी ढुवानी गर्न गाउँमा असहजता भएपछि रोपवे सञ्‍चालनमा ल्याएको हो। गाउँबाट तरकारी तथा फलफूललाई बजारीकरण गर्न ५ घण्टाको भारी बोकेर ल्याउनुपर्ने गाउँमा बाध्यता भएपछि त्यसलाई निराकरण गर्न विभिन्न संस्थाहरुको २९ लाख रुपैयाँमा रोपवे सञ्चालनमा ल्याइएको हो।

व्यावसायिक तरकारी खेती र स्याउ खेती राम्रो हुने गाउँमा त्यसलाई बजारीकरण गर्न ग्राहो हुने भएका कारणले रोपवे सञ्‍चालन ल्याइएको र अब गाउँमा उतपादित वस्तु बजारमा लैजान सजिलो हुने तिलागुफा नपा वडा ९ अध्यक्ष मुनबहादुर थापाले बताए। ‘गाउँमा उत्पादन भएको स्याउ र तरकारीहरुलाई ढुवानी गर्न निकै ग्राहो हुने गरेको थियो।’ उनले भने,‘रोपवे सञ्‍चालनमा आएपछि आधा घण्टामा नै तरकारी तथा अन्य गाउँमा उत्पादन भएको वस्तु कर्णाली राजमार्गमा पुग्छ।’

गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल बजारसम्म पुर्‍याउन सजिलो भएको र त्यसबाट किसानहरुले राम्रो आम्दानी लिन थालेको स्थानीय कृष्णबहादुर शाहीले बताए। ‘गाउँमा राम्रो तरकारी तथा फलफूल उत्पादन हुने गरेको छ।’ उनले भने, ‘विगतमा बजारसम्म पुर्‍याउन नै समस्या हुने गरेको थियो। अब बजारमा तरकारी तथा फलफूल पुर्‍याउन सजिलो भएको र किसानहरुले राम्रो आम्दानी लिन थालेका छन्।’

पहाडी तथा हिमाली क्षेत्रका सडक सञ्‍जाल नछोएका ठाउँहरुमा मालसमान ओसार्नका लागि रोपवे नै उपयुक्त हुने वडा अध्यक्ष थापाले बताए। ‘सडक सञ्‍जालले नछोएका ठाउँमा रोपवे नै सामान ढुवानीको उपयुक्त साधन हो।’ उनले भने,‘रोपवेबाट एक पटक माथिबाट ९० किलोग्राम ढुवानी गर्ने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.