|

कालिकोट : जिल्लाका विभिन्‍न तहका नवनिर्वाचित जनप्रतिनीधिहरुले स्थानीय बालमैत्री शासन लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सेभ द चिल्ड्रेन,भिडिसेफ नेपाल र किर्डाक नेपालले जनप्रतिनिधिहरुको बधाई तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरे।

स्थानीय सरकार बालमैत्री नभए बालबालिकाका सवालहरु ओझेलमा पर्नसक्ने  किर्डाक कालिकोटका संयोजक तुलाराम पाण्डेले बताए । ‘बालबालिका हामी सबैको सरोकार विषय हुन्,’ उनले भने,‘बालमैत्री स्थानीय शासन लागु गरिएन भने बालबालिका मुद्दा ओझेल पर्छन्।’

स्थानीय सरकारलाई सुशासनयुक्त, जनसहभागीता, बाल सहभागीता र पारदर्शीताका साथै बालमैत्री बनाउनुपर्ने भिडिसेफ नेपालका कार्यक्रम संयोजक राजेन्द्र सहकारी बताए। उनले जिल्लामा बालश्रम, बालविवाह, बहुविवाह, बाल हिंसा लगायतका समस्याहरु व्यापक रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘स्थानीय सरकारले विषेश अभियान थाल्नुपर्ने आवश्यकता भएको छ,’ उनले भने।

निर्वाचित जनप्रतिनिधिहरुले सरोकारवालाहरुले उठाएका विषयवस्तुलाई ध्यानमा राख्दै जिल्लामा बालमैत्री शासन लागु गरिने प्रतिबद्धता व्यक्त गरे। उनीहरुले स्थानीय सरकारका भौतिक संरचना, स्थानीय सरकारका नीति तथा कार्यक्रम, विकास, स्थानीय प्रशासन लगायतका पक्षहरुलाई बालमैत्री बनाइने बताए। कार्यक्रममा जिल्लाका ३ वटा नगरपालिका तथा ६ वटा गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.