|

सिन्धुली : काठमाडौंबाट सिन्धुली तर्फ आइरहेको विपी यातायातको ना १ ज ४६६१ नम्बरको बोलेरो जीप वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको पीपलभञ्ज्याङमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

दुर्घटनामा कमलामाई नगरपालिका ६ कि बिमला गुरुङ, प्रमोद गुरुङ, चण्डिका गुरुङ, मरिण गाउँपालिका भदौरेका टीका विक, महोत्तरी छोटापिपराही–६ का निराजन पण्डित र धादिङका शिव घले घाइते भएका प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको र  सामान्य घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जिप सडकबाट झण्डै एक सय मिटर तल खसेको र सालको रुखमा अल्झिएका कारण ठूलो क्षति हुन पाएन।

चालक रामेछाप नगरपालिका– ८ का सुजन माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.