|
धरान मतगणनाको फोटो।

सुनसरी : स्थानीय तहको दोस्रो निर्वाचनमा सुनसरीको १२ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहको नतिजा मंगलबार दिउँसोसम्म सार्वजनिक भएको छ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नेपाली कांग्रेसले पाँच स्थानमा विजय हासिल गरेको छ। यसैगरी नेपाल लोकतान्त्रिक फोरमले २ स्थान र संघीय समाजवादी फोरम नेपालले १ स्थानमा विजय हासिल गरेको छ।

मंगलबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार धरान उपमहानगरपालिका इटहरी उपमहानगरपालिका र बराह नगरपालिकामा नेकपा एमालेले अग्रता दिएको छ। भने कोशी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार सुनसरीको बराह नगरपालिकामा एमाले र कोशी गाउँपालिकामा नेपाली कांग्रेस विजयको निकट पुगेका छन्। धरान र इटहरीमा भने एमालेले अग्रता लिए पनि एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा रहेको छ।

कुन तहमा कसले विजय हासिल गरे, को–को भए प्रमुख/उपप्रमुख?

नेपाली कांग्रेस विजयी भएको स्थानीय तह

. इनरुवा नगरपालिका  

प्रमुख : राजन मेहता

उपप्रमुख : जमुनादेवी गौतम पोखरेल

२. रामधुनी नगरपालिका

प्रमुख : जयप्रकाश यादव

उपप्रमुख : सविताकुमारी चौधरी (नेकपा एमाले)

३. देवानगञ्ज गाउँपालिका

अध्यक्ष : लालीप्रसाद मेहता

उपाध्यक्ष : पूनितादेवी यादव

४. गढी गाउँपालिका

अध्यक्ष : श्रीप्रसाद यादव

उपाध्यक्ष : राजकुमारी चौधरी

५. हरिनगरा गाउँपालिका

अध्यक्ष : गफार अन्सारी

उपाध्यक्ष : रिमझिमकुमारी भगत

 

नेपाल लोकतान्त्रिक फोरम विजयी भएको स्थानीय तह

१. दुहवी नगरपालिका

प्रमुख : वेदनारायण गच्छदार

उपप्रमुख : सुनिता दाहाल

२. बर्जु गाउँपालिका

अध्यक्ष : रघुनन्दन चौधरी

उपाध्यक्ष : संगीताकुमारी राय

संघीय समाजवादी फोरम विजयी स्थानीय तह

१. भोक्राहा गाउँपालिका

अध्यक्ष : महेन्द्रप्रसाद यादव

उपाध्यक्ष : पुनमकुमारी मेहता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.