|

काठमाडौं : खाना पकाउने (एलपी)ग्यास ढुवानीमा विदेशी निर्भरता हटाउने सरकारको योजनामा भारत तगारो बनेको छ। नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महरारले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन्। भारत भ्रमणमा रहेका महराले स्वराजसँगको द्विपक्षीय भेटमा ग्यास बुलेट सञ्चालन अनुमति दिन प्रस्ताव गरेका थिए।

बुलेट सञ्चालन गर्ने वातावरण बनाउन प्रतिबद्धता जनाउनुको सट्टा स्वराजले नेपालकै ग्यास स्टेसनसम्म ढुवानी गरिदिने आश्वासन दिएकी छन्। ‘ग्यास बुलेटको विषयमा भारतीय पक्ष सकारात्मक देखिएन,’ मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईंले भने, ‘भारतीय विदेशमन्त्रीले नेपाललाई चाहिनेजति ग्यास इण्डियन बुलेटबाटै ढुवानी गरिदिने बताइन्।’

परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन्।

ग्यास बुलेट सञ्चालन विषयमा परराष्ट्रमन्त्री महराले कुरा उठाएको द्विपक्षीय भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले पनि पुष्टि गरे । ‘दुई देशको व्यापार, आयात निर्यातसहित ग्यास बुलेट सञ्चालन विषयमा पनि छलफल भयो,’ पौडेलले भने।

नेपालमा ग्यास स्टेसन छैन। भारतीय ट्यांकरले इण्डियन आयल कर्पोरेसन (आईओसी) का रिफाइनरीबाट यहाँका उद्योगसम्म ग्यास ढुवानी गर्दै आएका छन्। करिब छ सय भारतीय बुलेटले आइओसीका विभिन्न रिफाइनरीबाट ग्यास ढुवानी गर्दै आएका छन्। ढुवानीबापत वार्षिक करिब साढे दुई अर्ब रुपैयाँ भारतीय व्यवसायीले लैजान्छन्। भारतबाट मासिक करिब ३० हजार मेट्रिक टन ग्यास आयात हुन्छ।

नेपाली बुलेटलाई अनुमति दिए भारतीयको व्यवसास गुम्ने भएकाले भारतले लामो समयदेखि सञ्चालनमा रोक लगाएको नेपाल आयल निगमका उच्च अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.