|

रुकुम : निषेधित लागुऔषध अफिमसहित रुकुममा एक महिला पक्राउ परेकी छन्। रुकुमको पुथाउत्तरगंगा वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल २ किलो ५ सय ७० ग्राम अफिमसहित पक्राउ परेकी हुन्। बुधबार दिउँसो रुकुमको रुकुममकोटतिरबाट खलंगातर्फ गाडीमार्फत सो निषेधित लागुऔषध ल्याउँदै गर्दा गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनको झोलामा अफिम फेला परेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजाँलीले जानकारी दिए। प्रहरीका अनुसार जिल्लामा लागुऔषध ओसारपसारका घटनामा महिलाहरु संलग्न हुने बढी देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.