लहानः सिरहाको भगवानपुर गाउँपालिका– २ का एक युवकलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ गरिएको छ।
पछिल्लो सोमबार साँझ लहान नगरपालिकाअन्तर्गत ग्रामीण भेगकी ३५ वर्षका महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय लहानले २० वर्षका अरुण यादवलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गएिको प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए।
पक्राउ गरिएका यादवविरुद्ध जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पाण्डेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।