|

रुपन्देही : प्रादेशिक राजधानीको चर्चामा रहेको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी प्रमुखमा निर्वाचित भएका छन्।  कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। 

एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा प्रमुख, उपप्रमुख र १६ वटा वडाहरुमा समेत एमालेले जितेको छ। कांग्रेसले ३ वटा वडामा चित्त बुझायो। 

प्रमुख पदमा विजयी एमाले उम्मेदवार सुवेदीले २३ हजार २ सय ४९ मत ल्याए।  उपप्रमुखकी उम्मेदवार गोमादेवी आचार्यले २५ हजार ३ सय १ मत ल्याइन्। 
निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका छन्। उपप्रमुख पदका उम्मेदवार जगत बहादुर पोखरेलले १४ हजार ७ सय ९२ मत ल्याएका छन्। 

बुटवललाई सुन्दर बनाउने योजना 

प्रमुखमा निर्वाचित एमाले उम्मेदवार शिवराज सुवेदीले बुटवललाई सुन्दर शहर बनाउने बताएका छन्। जित हात पारेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘हामी बुटवलको विकासका लागि कटिबद्ध भएर लाग्नेछौं।’ 

प्रतिस्पर्धीले विजयीहरुलाई लगाइदिए अबीर र माला

बुटवल उपमहानगरमा प्रमुख र उपप्रमुखको दौडमा रहेका कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारले विजयी भएका प्रमुख र उपप्रमुखलाई माला र अबिर लगाएर बधाई दिए। मतपरिणाम घोषणा पछि अंकमाल गरेर उनीहरुले बुटवललाई सुन्दर शहर बनाउनका लागि आफुहरुको साथ रहने बताए। 

पत्रकारहरुलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार खेलराज पाण्डेले गुण र दोषका आधारमा बुटवल उपमहानगर प्रमुख÷उपप्रमुखलाई समर्थन र विरोध गर्ने बताए। उनले आफुहरु गणितीय हिसाबले पराजित भएपनि जनतामाझ रहने र बुटवलको विकासमा लागिरहने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.