|

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बुधबार राति घोषणा भएको मत परिणाम अनुसार प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरि अधिकारी ६७०५ मत ल्षाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृका यादवलले ५२५०, राप्रपाका सागर प्रताप राणाले ४६३७ र नेकपा माओवादी केन्द्रका फैस अहमद खानले ३४०७ मत ल्याए।

राप्रपा उपाध्यक्ष दीपक बोहराको प्रभाव क्षेत्र मानिएको र उनले २०७० सालको संविधानसभा निर्वचन जितेको यस क्षेत्रमा राप्रपा उम्मेदवार तेस्रो भए। उनी सिद्धार्थनगर नगरपालिका ३ को बासिन्दा हुन्।

उपप्रमुखमा पनि नेकपा एमालेकै उमा काफ्ले ६१७२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी माधवी शर्मा वाग्लेले ५२२४, राप्रपाकी रमिता थापा मगरलले ३५१७ र नेकपा माओओवादी केन्द्रकी कमला थापाले ३१२९ मत पाइन्। नगरपालिकाका १३ वटा वडामध्ये नेकपा एमालेले ६, नेपाली कांग्रेसले  ६ र संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल गठबन्धनले एउटा वडामा जित हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.