|

दाङ : तत्कालीन तुलसीपुर नगरपालिकाको उपप्रमुख एमालेका घनश्याम पाण्डे २० वर्षपछि (तुलसीपुर उपमहानगरपालिका) को प्रमुखमा विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई ३ हजार ९ सय ५४ मत अन्तरले पछि पार्दै पाण्डे नगरप्रमुखमा विजयी भएका हुन्। पाण्डेले २२ हजार ८ सय ५७ मत ल्याए। गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरे।

२१ हजार ३७ मत प्राप्त गरी एमालेकी  माया आचार्य उपमहानगरको उपप्रमुखमा विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देविका नेपालीले २० हजार १ सय ८५ मत ल्याइन्

तुलसीपुरको १९ मध्ये २,५,७,८,९,१०,११,१३,१४ र १७ नम्बर वडामा कांग्रेसका अध्यक्ष चुनिए। १,३,४,६,१२,१५,१६,१८ र १९ नम्बर वडामा एमालेका अध्यक्ष वियी भए।। तुलसीपुरमा ७६ हजार ८ सय ९३ मतदातामध्ये ५७ हजार ३ सय ६७ ले मात्र भोट हालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.