|

काठमाडौं : विश्व चर्चित बेलायती गायक जे सन काठमाडौं आउने भएका छन्। ‘ब्रिटिस आर एन्ड बी’ ब्यान्डसहित काठमाडौं आएका सन काठमाडौंमा म्युजिक कन्सर्टका लागि डिजे टिमसहित असार २७ गते काठमाडौं आउदैछन्।

सन् २००९ देखि २०१२ सम्म लगातार चारवर्ष बेलायतको नब्बर एक गायक रहेका सन काठमाडौंमा आफ्ना लोकप्रिय गीत गाउनेछन्। उनको दरबारमार्गस्थित 'डेजा भु' क्लबमा कन्सर्ट तय भएको छ। क्लबमा हुने कार्यक्रम असार २८ गते हुनेछ। बेलुका ७ बजेबाट सुरु हुने कन्सर्टको चार घन्टा नेपाली डिजेहरुको प्रस्तुति रहनेछ। राति ११ बजेबाट ‘जे सन साँझ’मा गायक सनको प्रस्तुति रहनेछ।

कन्सर्टका मार्केटिङ डाइरेक्टर मन्चिन शाक्यले 'डेजा भु' क्लबमा हुने कन्सर्टका लागि टिकटको मूल्य २५ सय, ३ हजार र ५ हजार रुपैयाँ रहेको बताए। टिकट अनुसारको सुविधा दर्शकले पाउने पनि शाक्यले जानकारी दिए। साढे एक घण्टासम्म प्रस्तुति रहने सनको कन्सर्टमा करिब ६ हजार दर्शकको सहभागिता रहने शाख्यले बताए।

तीनपटक बेलायतको उत्कृष्ट बिएमआई सङ साइटर अवार्ड विजेता गायक सनले काठमाडौंमा 'राईड इट...', 'मेक माइ लभ...', 'स्टोलन...', 'डाउन डाउन...', 'आइ एम अल योर्स...', 'लाइक दिस लाइक द्याट...', 'डान्स विद यु...', 'स्टे...ह्वेर यु डु गो...' लगायत दर्जन बढी गीत गाउनेछन्। उनी अमेरिकामा समेत दुई पटक उत्कृष्ट दश गायकभित्र परेका छन्।

जे सनका हजारौं फ्यान रहेकोले उनको कन्सर्ट नेपालमा गर्न लागिएको युहान इन्टरनेशनलका प्रवन्ध निर्देशक सानु खानले जानकारी दिए। फ्यानहरुको माग अनुसार नै सनलाई काठमाडौंमा ल्याएको र कन्सर्टको तयारी पनि पूरा भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.