|

सोलुखुम्बु : दूधकौसीका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ। नवनिर्वाचित गाउँपालिका  असिम राईले बिहीबार पदभार ग्रहण गरेसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेका कार्याकारी अधिकृत श्याम न्यौपानेले बताए।

नवनिर्वाचीत अध्यक्ष राईले प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सीसीटीभी जडान गर्दै छिटो छरितो ढंगबाट सेवा प्रदानमा जोड दिने निर्णय र डिजिटल हाजिरीको व्यवस्था गर्नेपनि निर्णय गरेका छन्।

गाउँपालिका उपाध्यक्ष सविता राईले भने बिहीबार मात्र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। बुधबार कार्यालयमा उपस्थित नभएपछि बिहीबारका लागि  पदभार ग्रहणको कार्यक्रम राखिएको पनि कार्याकारी अधिकृत न्यौपानेले जानकारी दिए। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका असिम राई र उपाध्यक्षमा नेपाली कांग्रेसकी सविता राई निर्वाचित भएका छन्। जिल्लाकै सबैभन्दा धेरै जनसंख्या रहेको यस गाउँपालिकाको चार वडा माओवादी, तीन वडा नेपाली कांग्रेस र एक वडा एमालले जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.