|

बलिउड स्टार सलमान खान बक्स अफिसमा कहलिएको नाम हो। उनले अभिनय गरेको प्राय: फिल्महरुले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको हन्छन्। उनी अभिनित फिल्महरुले १ सय करोड सजिलै पार गर्छन्। तर उनको पछिल्लो फिल्म 'ट्युबलाइट'ले भने सन्तोषजनक व्यापार गर्न सकेन। १ सय करोड पार गर्न पनि हम्मे हम्मे पर्‍यो।

समीक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया नपएको 'ट्युबलाइट'ले १२ दिनमा जम्मा १ सय १२ करोडको व्यापार गरेको छ। प्रर्दशनमा आएको पहिलो हप्ता १ सय २ करोडको व्यापार गरेको फिल्मले दोस्रो हप्तामा १० करोडको ब्यापार गरेको छ।

यस आँकडालाई हेर्ने हो भने सलमानको करियरमा सबै भन्दा कम व्यापार गर्ने फिल्ममा 'ट्युबलाइट' पनि पर्छ। 'ट्युबलाइट'लाई कविर खानले निर्देशन गरेका हुन्। फिल्म 'ट्युबलाइट'मा सलमान खानकै लगानि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.