|

ताप्लेजुङ : आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ।

खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापन लगायत काम पनि तीव्र रुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए।

निर्वाचनका कारण समयमै तयारी गर्न नभ्याएको तर प्रतियोगितालाई निरन्तरता दिन छोटो समयमा नै तीव्ररुपमा काम गर्नु परिरहेको उनले बताए। विगतका वर्षमा जस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, विभागीय टिम, भारत र भुटानलाई पनि उक्त खेलका लागि आमन्त्रित गर्ने तयारी भएको गुरुङको भनाइ छ।

गोल्डकपको पुरुष विजेता टिमलाई रु एक लाख ५१ हजार, उपविजेतालाई रु एक लाख ११ हजार तथा महिला विजेता टिमलाई रु ५१ हजार र उपविजेतालाई रु ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.