|

रुकुमः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रुकुममा एक कर्मचारीलाई कालो मोसो दलेका छन्।

जिल्ला समन्वय समिति रुकुमका सवइन्जिनियर चिताराम खड्कालाई बिहीबार दिउँसो सदरमुकाम खलंगाको एक होटलमा नास्ता खाइरहेको अवस्थामा पार्टीका केही कार्यकर्ताले कालो मोसो दलेका हुन्।

रुकुम त्रिवेणी गाउँपालिकाको एक सडक समितिबाट खड्काले रकम मागेर भ्रष्टाचार गरेको भन्दै मोसो दलेको बताइएको छ। कालो मोसो लगाउनेहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजाँलीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.