|

दाङ : तुलसीपुर उपमहानगरपालीमा  एमालेले विजय र्‍याली निकालेको छ। प्रमुख र उपप्रमुखसहित ९ वटा वडाहरुमा विजयी भएपछि बिहीबार तुलसीपुरमा एमालेले  विजय र्‍याली निकालेको हो। र्‍यालीपछि आयोजित जना सभामा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दलहरु विचको एकता कायम गरी अघि बढ्नुपर्ने बताए।

नवनिर्वाचित प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै नमुना नगरका रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गरे। नवनिर्वाचित उपप्रमुख माया आचार्यले महिलाका हरेक मुद्धाहरुलाई पक्षपात नगरी न्याय दिलाउने बताइन्।

 बजारका विभिन्न चोकहरुको परिक्रमापछि तुलसीपुरको विपि चोकमा आएर विजय र्‍याली जनसभामा परिणत भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.