|

काठमाडौं : शनिबार बिहानैदेखि अवरुद्ध नेपाल टेलिकम (एनटीसी) को रिचार्ज सेवा करिब ३० घण्टापछि सुचारु भएको छ। एनटीसीको रिचार्ज पिन कोड र आइभीआर सेवामा शनिबारदेखि समस्या आएको थियो। 

एनटीसीले विशेष प्राविधिक समस्या उत्पन्न भई सेवा अवरुद्ध भएको जनाएको छ। सेवा सुचारु भएपछि विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले क्षमा मागेको छ। ‘विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त कोडहरुबाट रिचार्ज हुन नसकी ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ’ विज्ञप्तिमा उल्लेख छ।

नेपाल टेलिकमले अबका दिनमा यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएको छ। ‘भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिन कम्पनी कटिबद्ध रहेको व्यहोरा समस्त ग्राहक वर्गमा अनुरोध गर्दछौं’- एनटीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

निबार बिहानदेखि रिचार्जमा देखिएको समस्या आइतबार ३ बजेबाट समधान भएको एनटीसीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.