|

सुनसरी : इटहरी उपमहानगरपालिकामा एमालेका उम्मेदवार प्रमुख\उपप्रमुख निर्वाचित भएका छन्।

एमालेका द्वारिकालाल चौधरी २२६८९ मत ल्याएर नगरप्रमुखमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोहितप्रसाद प्रसाईँले १९ हजार ९८५ मत प्राप्त गरे।
यस्तै माओवादी केन्द्रकी हरिमाया जीमीले ३हजार ३६४ मत प्राप्त गरिन्।

२१ हजार ८४२ मत प्राप्त गरी एमालेकी लक्ष्मीकुमारी गौतम उपप्रमुखमा विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमला सुवेदीले १८ हजार ३५२ मत ल्याइन्। यस्तै माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४ हजार ८३१ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.