|

भोजपुर :  भोजपुरको म्यादी प्रहरीलाई स्थानीय टुँडिखेलमा एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरिएको छ। बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोमा देवी चेम्चोङले सम्पूर्ण सहभागीलाई हरेक तहमा सचेत नागरिकको भूमिका निभाउनसमेत आग्रह गरेकी थिइन्।

स्थानीय तहको निवार्चनलाई शान्ति सुरक्षा दिनेको मुख्य उद्देश्यका साथ २५ चैतमा म्यादी प्रहरीको भर्ना लिइएको थियो। भोजपुरमा १ हजार ७ सय ८२ जनाको आवेदन परेका मध्ये ४ सय ९२ जनालाई नियुक्ति दिइएको थियो। ९० दिनको अवधिमा १ महिला र २ पुरुषले विविध कारणले बीचमै छाडेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भोजपुर जिल्ला प्रहरी कार्यालयसहित जिल्लाका दिङ्गला, दिल्पा, घोरेटार र तिवारीभञ्ज्याङ्ग इलाका प्रहरी कार्यालयबाट तालिम प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.