|

एजेन्सी : क्रिष्ट्रियानो रोनाल्डो पहिलो पटक फुटबल खेल्न अमेरिका पुग्छन्। सञ्चारमाध्यममा उनकै खेलको विषयलाई लिएर चर्चा हुन्छ। रोनाल्डोले कस्तो खेल्लान् भन्ने विषयमा सबैमा कैतुहलता हुन्छ।

यता रोनाल्डो अन्डरवेयरमै कोठाबाट बाहिर निस्कन्छन्। उनी फेरि कोठाभित्र प्रवेश गर्न खोज्छन्। तर कोठा बन्द हुन्छ। त्यति नै बेला होटलकी एक वेटरेसले अर्धनग्न अवस्थाका रोनाल्डोको फोटो खिच्न भ्याउँछिन्।

यो फोटो फेसबुक र ट्वीटरमा भाइरल हुन्छ। अब रोनाल्डोको खेल नभएर उनको अर्धनग्न तस्विरको विषयमा चर्चा सुरु हुन्छ। टेलिभिजनमा यही समाचार सुनेर रोनाल्डो मुस्कुराउँछन्।

अमेरिकाको इन्टरनेट प्रदायक सेवा एल्टिकले आफ्नो कम्पनीको विज्ञापनमा  रोनाल्डोलाई यसरी अर्धनग्न रुपमा प्रस्तुत गरेको हो।  ‘हामी हाम्रो कम्पनीलाई अघि बढाउन चाहन्छौं।

त्यसका लागि हामीले यस्तो मनोरञ्जनात्मक विज्ञापन तयार गरेका हौं,’ एल्टिक अमेरिकाका प्रमुख मार्केटिङ्ग अफिसर म्याक लेकले भनेका छन्,‘रोनाल्डोजस्ता सुपरस्टारलाई हाम्रो अभियानमा सहभागी गराउन पाउनु हाम्रो लागि गर्वको विषय हो।

भिडियो हेर्नुहोस् :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.