|

दैलेख : चामुण्डा बिन्द्रासैनी नगरपालिकामा महिनावारी भएर छाउगोठमा सुतेको बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ६ लैनचौरकी २२ वर्षीया शान्ता शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको बेला सर्पले डसेर मृत्यु भएको हो।

बिहीबार राति १० बजे  सुतिरहेको समयमा शाहीलाई सर्पले डसेको र परिवारका सदस्यले उपचारको लागि अस्पतालमा लानको सट्टा चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ६ नुवाकोटमा धामी लिन गएको र झारफुकमा लाग्दा शाहीको मृत्यु भएको जम्बुकाँध स्वास्थ्य चौकीका अनमी कमला शाहीले जानकारी दिइन्।

अनमी शाहीका अनुसार आफूले ढिला थाहा पाएको र थाहा पाएपछि उपचारका लागि दुल्लु अस्पतालमा पठाउँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.