|

  • मणिकुमार श्रेष्ठ

सुनसरी : इटहरी उपमहानगरपालिकाको प्रमुखमा एमालेका द्वारिकलाल चौधरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईलाई १ हजार ७ सय चार मतको अन्तरले हराए।

चौधरीले २२ हजार ६ सय ८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रकी हरिमाया जिमी तेस्रो स्थानमा आइन्। प्रमुख पदमा १५ जनाले उम्मेदवारी दिएका थिए।

उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी गौतम विजयी भइन्। उनले कांग्रेसकी विमला सिवोकोटीलाई ३ हजार ४ सय ८३ मतको फराकिलो अन्तरले हराइन्।
लक्ष्मी गौतमले २१ हजार ८ सय ४२ मत प्राप्त गर्दा विमलाले १८ हजार ३ सय ५९ मत प्राप्त गरिन्।

जसले आफ्नै मत पाइनन्

चुरेभावर लोकतान्त्रिक पार्टीबाट उपप्रमुखमा उम्मेदवार भएकी रुजा घिमिरेले भने शुन्य मत पाएको निर्वाचन कार्यलयले जनाएको छ । त्यस्तै  चुरेभावरबाटै प्रमुख पदका उम्मेदवार रहेका रामप्रसाद रेग्मीले भने ८ मत पाएका छन्।

यस उपमहानगरमा निर्वाचित भएका कुल १०२ जना जनप्रतिनिधिमध्ये एमालेबाट प्रमुख र उपप्रमुखसहित ५९ विजयी भए। नेपाली कांग्रेसबाट ११वडाध्यक्ष सहित ३९ जना विजयी भए।

यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट १ वडाध्यक्षसहित २ जना विजयी भए। नेकपा माओवादी केन्द्रका एकजना मात्रै प्रतिनिधि चुनिए।  ेवादी केन्द्रबाट इटहरी वडा नं. १० को खुल्ला सदस्यमा रामनारायण चौधरी विजयी भएका हुन्।

को-को बने वडाध्यक्ष ?
वडा नं. १ विष्णुलाल चौधरी –कांग्रेस
वडा नं. २ हर्कबहादुर मगर –एमाले
वडा नं. ३ बालकृष्ण विष्ट –कांग्रेस
वडा नं. ४ चन्द्रप्रसाद भट्टराई –एमाले
वडा नं. ५ कल्याणबहादुर कार्की –एमाले
वडा नं. ६ दिपक गौतम –कांग्रेस
वडा नं. ७ नरबहादुर राई – कांग्रेस
वडा नं. ८ रोहितकुमार चौधरी –कांग्रेस
वडा नं. ९ भुपेन्द्र बराल –एमाले
वडा नं. १० प्रकाश चौधरी –फोरम लोकतान्त्रिक
वडा नं. ११ रुपेश कुमार चौधरी –कांग्रेस
वडा नं. १२ हेमानन्द दाहाल –कांग्रेस
वडा नं. १३ शिवनारायण चौधरी –एमाले
वडा नं. १४ रमेशप्रसाद चौधरी –एमाले
वडा नं. १५ श्रवणकुमार चौधरी –कांग्रेस
वडा नंं १६ दिपनारायण चौधरी –कांग्रेस
वडा नं. १७ भगवानलाल साहुसुडी –कांग्रेस
वडा नं. १८ राजकुमार चौधरी –एमाले
वडा नं. १९ श्रीनारायण चौधरी –एमाले
वडा नं. २० मणिराम श्रेष्ठ –कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.