|

रुकुम : नयाँ शक्ति पार्टी नेपाल रुकुमले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा आफ्ना ९ जना कार्यकर्ताहरुलाई कारबाही गरेको छ। नयाँ शक्तिले विज्ञप्ति निकाल्दै पार्टीमाथि अन्तर्घात गर्ने ९ जनालाई कारबाही गरिएको जनाएको छ।

चुनावको समिक्षा गर्न सदरमुकाम खलंगामा बसेको जिल्ला समन्वय समिति रुकुमको बैठकले साधारण सदस्य समेत नरहने गरी उनीहरुलाई कारबाही गरेको विज्ञप्तीमा उल्लेख छ। कारबाहीमा परेकाहरुको नाम भने विज्ञप्तिमा खुलाइएको छैन्।

नयाँ शक्ति पार्टीका जिल्ला संयोजक अमर ओलीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पार्टीमार्फत गरिएको उम्मेदवारी फिर्ता लिने, पार्टीको हितविपरित काम गर्ने र निस्क्रिय अवस्थामा रहेका नेता कार्यकर्ताहरु कारबाहीमा परेको उल्लेख छ। बैठकले आर्थिक विकास र समृद्धिको नारालाई पूरा गर्न ब्यवस्थित र सांगठनिक गतिविधीलाई तिव्रता दिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.