|

स्याङ्जा : स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका प्रमुख र नगरपालिका कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ। जनताबाट चुनिएका नगर प्रमुखलाई तीन विषयमा उजुरी परेको छ। गाडी भाडामा लिएर दुरुपयोग गरेको, प्रक्रिया विपरीत दुई जना इन्जिनियर नियुक्त गरेको र नगरपालिकाको करबाट कार्यालय सजावट गरिएको विषयमा उजुरी परेको हो। 

पहिलो चरणको निर्वाचनमा निर्वाचित भएर कार्यभार सम्हालेको दुई महिना नपुग्दै नगर प्रमुख सीमा क्षेत्रीविरुद्ध अख्तियारमा उजुरी परेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख यदुप्रसाद पन्थीले पुतलीबजार नगर प्रमुख र नगरपालिका विरुद्ध उजुरी परेको बताए। यस विषयमा अनुसन्धान अधिकृत खटाएर गोप्य अनुसन्धान भइरहेको उनले बताए। 'उजुरीको बारेमा हामीले अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेका छौं' उनले भने 'छानबिन प्रक्रिया अघि बढेकाले अहिले नै सबै भन्न मिल्दैन। 

नगरपालिका प्रमुख सीमा क्षेत्रीले आफूले अख्तियारमा उजुरी परेको भन्ने खबर थाहा नपाएको बताइन्। गाडी दुरुपयोग, इन्जिनियर नियुक्ति र नगरपालिकाको करलाई फजुल खर्च गरेको आरोपमा उजुरी परेकोबारे उनले भनिन् ' सबै विषयमा प्रक्रिया अनुसारनै प्रयोग र काम गरेका छौं।' आफू नगर प्रमुख नहुँदै नगरपालिकाले गाडी भाडामा लिएको उनको दावी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.