|

धनगढी : विभिन्न राजनीतिक दलबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका कैलालीका ३४ मुक्त कमैयामध्ये ६ जना निर्वाचित भएका छन्। उपप्रमुखसहितका सम्मानजनक पदमा उम्मेदवारी दिए पनि मुक्त कमैया उम्मेदवार वडा अध्यक्ष र सदस्य पदमा विजयी भएका छन्। एक जना वडा अध्यक्ष र बाँकी ५ जना वडा सदस्यमा निर्वाचित भएका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भागीराम चौधरी विजयी भए। सोही पार्टीबाट धनगढी उपमहानगरपालिका १७ को सदस्यमा सीमा चौधरी निर्वाचित भएकी छन्। 

नेकपा एमालेबाट गौरीगंगा नगरपालिकाको वडा सदस्यमा मीना कठरिया, टीकापुर नगरपालिकाको वडा सदस्यमा सीता चौधरी निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट लम्कीचुहा नगरपालिकाको वडा सदस्यमा प्रेम चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट जानकी गाउँपालिकाको वडा सदस्यमा घाँसीराम चौधरी निर्वाचित भएका छन्। 

जिल्लाका स्थानीय तहमा तीन जना मुक्त कमैयाले उपप्रमुख पदमा उम्मेदवारी दिएका थिए। टीकापुर नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट सुदेशनी चौधरी, लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट धना चौधरी र नयाँ शक्ति नेपालबाट गौरीगंगा नगरपालिकामा कौशिला चौधरीले उपप्रमुखमा उम्मेदवारी दिएका थिए। तर उनीहरु पराजित भए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.