|

काठमाडौं : एनआईसी एशिया बैंकको नयाँ शाखा कालिकोटको खाडाचक्र नगरपालिका, १ मान्ममा स्थापना गरिएको छ। बैंकको शाखाको असार २२ गते खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे र कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ। शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.