|

लहान : सप्तरीको पूर्वीभेगमा पर्ने तिलाठी कोइलाडी गाँउपालिका ७ बस्ने बभनगामा कट्टीका २२ वर्षीय युवकको करेण्ट लागेर मृत्यु भएको छ। स्थानीय २२ वर्षीय जितेन यादवको शुक्रबार करेण्ट लागेर मृत्यु भएको प्रहरी चौकी कोइलाडी बरसाईनले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझतिर आफ्नै घरसँगै टाँसिएको गोठमा भैंसी बाँध्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको तार छुन पुगेका उनी करेण्ट लागेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा रहेका यादवलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ।

चट्याङ्को झिल्कोले महिला घाइते, गाउँमै उपचार हुँदै

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ औरहीमा चट्याङ लागेर दुई महिला घाइते भएका छन्। घाइतेहरुको औरहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी चौकी औरहीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति वर्षातसँगै परेको चट्याङ् लागेर अन्दाजी २५ वर्षीया  प्रमिलादेवी दास र सोही ठाउँकी २६ वर्षीया दुलारीदेवी दास रहेका छन्। एकाघरका दुवै जना राति ८ बजेतिर परेको चट्याङको झिल्कोले घाइते भएका हुन्। घाइते दुवैको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

ठक्करले घाइते

पूर्व-पश्चिम सडकअन्तर्गत सिरहाको गोलबजार नगरपलिका ४ मा स. २ प ६२८२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादैगरेको साइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन्।

घाइते हुनेमा सडक किनारमा साइकल चलाइरहेका स्थानीय ५५ वर्षीय रामनारायण साह, मोटरसाइकल चालक मिर्चैया नगरपालिका ७ बस्ने २२ वर्षीय ललित कुमार यादव र पछाडि बसेका २० वर्षीय विजय कुमार साह रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। घाइतेमध्ये रामनारयणको विराटनगरस्थित न्युरो अस्पताल र अन्य दुईजनाको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.