|

जाजरकोट : जिल्लाका विभिन्‍न ग्रामीण सडकहरुको स्तर उन्‍नती नहुँदा यातायात संचालनमा समस्या भएको छ। सडकको मर्मत सुधार नहुँदा यात्रुहरुलाई सहज यात्रा गर्न समस्या भएको हो।

पश्चिमको छेडा–थलह सडक साँघुरो तथा कच्ची भएकोले स्थानीय बासिन्दाले सास्ती व्यहोर्नु परेको छ। दैनिक यात्रा गर्ने स्थानीय बासिन्दाहरु चढेको गाडीबाट झर्दै गाडीलाई बल लगाएर धकेल्ने गरेका छन्।

‘समयमा सडकको स्तरोन्‍नती नहुँदा यात्रा गर्न हामीलाई समस्या हुन्छ,’ छेडागाड नगरपालिका–१२ का चन्द्र प्रकाश खत्रीले भने,‘यो सडक पानी पर्न बित्तिकै अवरुद्ध हुन्छ। वर्षाका लागेका बेला यो सडक नभएर खेतजस्तै हुन्छ।’

बजेट सक्नका लागि हतार–हतारमा काम गर्ने गरेका कारण गुणस्तरीय काम हुन नसक्दा सधैं समस्या व्यहोर्नुपरेको स्थानीयबासीको भनाइ छ। सम्बन्धित निकायले कहिल्यै चासो नदिएका कारण वर्षाको समयमा यहाँका स्थानीयहरु सधैं समस्या व्यहोर्न बाध्य हुन्छन्।

पश्चिममा यसअघि नियमित चल्ने यातायातका साधनहरु वर्षातका कारण चल्न पाएका छैनन्। जिल्लाको शिवालय गाउँपालिकाको राताचौरदेखि छेडागाड नगरपालिका  खारासम्मको १२ किलो मिटर सडकखण्डमा यातायातका साधन चलेका छैनन्।

पानीका कारण सडक भत्किने, पानी जम्ने लगायतका समस्या हुने भएकोले यातायात व्यवसायीहरुले यातायात चलाउन नसकेपछि साधन ठप्प भएका हुन्।
प्रत्येक वर्षको जेठ मसान्तसम्म सुचारु हुने सडक खण्डमा वर्षाको समयमा ४ महिना यातायात अवरुद्ध हुन्छ। सडक अवरुद्ध भएपछि यातायात संचालन नहँुदा  सदरमुकाम खंलगाबाट नेपालगंज, सुर्खेत लगायतका ठाँउमा जाने यात्रुलाई यात्रा गर्न निकै समस्या हुनेको छ।

नेपालगञ्ज,सुर्खेत लगायत ठाँउमा जानका लागि मनघाट खाराबाट हिँडेर राताचौर पुग्‍‍नुपर्ने बाध्यता भएको केसीले बताए। यो सडक खण्ड नियमित यातायात संचालन हुन नसक्दा कुशे गाँउपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाँउपालिका ७ वटा वडाका हजारौँ यात्रुले सास्ती खेप्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.