|

दार्जिलिङ : अलग राज्यको माग राख्दै भारतको पश्चिम बंगलास्थित दार्जिलिङमा भइरहेको आन्दोलनका क्रममा शनिबार भएको आन्दोलनमा १ नेपालीभाषीको मृत्यु भएको छ। सोनादामा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा सुरज सुन्दासको घटनास्थलमै मृत्यु भएको दार्जिलिङका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। धेरै आन्दोलनकारी घाइते भएको समाचार उल्लेख छ।

यसअघि शुक्रबार प्रहरीको गोल लागेर सोनादामै टासी भूटियाको मृत्यु भएपछि शनिबार आन्दोलन चर्किएको हो। आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले मेडिकल पसलबाट फर्कदैं गरेका टासीको प्रहरीले हत्या गरेको आरोप लगाएको छ। गोरखा नेशनल लिबरेशन फ्रन्टले टासी आफ्ना कार्यकर्ता रहेको दाबी गरेको छ।

यस घटनापछि गोर्खाल्यान्ड आन्दोलन अझै चर्किएको छ। भूटियाको मृत्यु भएको सोनादा क्षेत्रमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन्। सोनादा रेलवे स्टेशन तथा यस क्षेत्रका प्रहरी पोष्टहरु आन्दोलनकारीले जलाएका छन्। 

दार्जिलिङमा विगत लामो समयदेखि गोर्खाल्यान्डको माग गर्दै आन्दोलन चर्किएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.