समाज

पूर्वीय दर्शनका विद्वान रामानन्द गिरिको निधन
SHARES

असार २४, २०७४

    काठमाडौं : पूर्वीय दर्शनका विद्वान डा. स्वामी रामानन्द गिरिको निधन भएको छ। उनको काठमाडौंको पशुपतिनाथस्थित महेश सन्यास आश्रममा साँझ ७ बजे निधन भएको उनका अनुयायी कृष्ण आचार्यले जानकारी दिए।

    देवघाटमा प्रवचनका क्रममा स्वास्थ्यमा समस्या आएपछि ६९ वर्षीय रामानन्दलाई उपचारका लागि काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। शनिबार साँझ उनलाई अस्पतालबाट आश्रममा ल्याएपछि आश्रममा नै उनले अन्तिम स्वास लिएको आचार्यले बताए।

    स्वामी रामानन्दका अनुयायी कृष्ण आचार्यका अनुसार डा. स्वामी रामानन्दका 'जनकदर्शन' (विद्यावारिधि शोधग्रन्थ),'माण्डूक्यकारिका' (नेपाली अनुवाद तथा व्याख्या), 'रामगीता' (नेपाली अनुवाद तथा व्याख्या), 'वेदस्तुति' (नेपाली अनुवाद तथा व्याख्या), 'श्रीमद्भागवतमहापुराण' (नेपाली अनुवाद–रामनन्दी टीका), 'देवीगीता' (नेपाली अनुवाद तथा व्याख्या), 'दुर्गासप्तशती' (नेपाली अनुवाद एवं व्याख्या) लगायतका कृति प्रकाशित छन्।

    उनी प्रवल गोरखा दक्षिणबाहु लगायत विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित छन्।

    स्वामी रामानन्दको प्रार्थिव शरीर शनिबार राति नै तनहुँको देवघाट लैजाने र आइतबार अन्तिम संस्कार गर्ने तयारी छ।

    गिरीले देवघाट, तनहुँमा महेश सन्यास आश्रम, महेश संस्कृत गुरुकुल तथा कास्कीमा अम्बरेश्वर संन्यास आश्रम स्थापना गरेका छन्। उनी २००५ सालमा धादिङको केवलपुरमा जन्मिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]