|

  • देवानन्द न्यौपाने 

कैलाली : बेपत्ता भएको ३ दिन बितिसक्दा पनि कैलालीको लम्की चुहा–२ का २ नाबालिका भेटिएका छैनन्। यसअघि गत असार २१ गते बिहान घरबाट २६ वर्षकी राधा जैशी कठायत २ वर्षीया दिपिका र ५ वर्षीया कमलास‘गै आफ्ना ८ महिनाका छोरालाई लिएर चिसापानी कर्णालीतर्फ गएकी थिइन्। उनी घर फर्क‘दा ८ महिनाका दुधे छोरामात्रै साथमा लिएर आइन्। 

परिवारका सदस्यले २ छोरीका विषयमा प्रश्न गर्दा आमा राधाले शंकास्पद जवाफ दिएपछि उनीहरुले प्रहरीमा उजूरी गरे।  

‘कहिले कर्णाली नदीमा बगाइदिएको बताउ‘छिन्। कहिले अपरिचितले लिएर गएको भन्छिन्। कहिले आफ्नो प्रेमीले लिएर गएको बताउ‘छिन्,’ परिवारका एक सदस्यले भने, ‘त्यसैले हामीले इलाका प्रहरी कार्यालय लम्कीमा उजूरी दियौं।’ 

प्रहरीले असार २२ गतेदेखि राधालाई नियन्त्रणमा राखेर यस घटनाका विषयमा अनुसन्धान गरिरहेको छ। राधाले फरक–फरक बयान दिएका कारण अनुसन्धानमा समस्या देखिएको प्रहरीले बताएको छ। 

घटनाका बारेमा सत्य–तथ्य पत्ता लगाउन स्थानीयले प्रहरी समक्ष जोडदार माग गरेका छन्। २६ वर्षीया राधा जैशी कठायतका श्रीमान बिगत लामो समय देखि रोजगारीको शिलसिलामा भारतमा बस्दै आएका छन्। 

एक ८ वर्षिया छोरी सहित ४ सन्तानकी आमा लक्ष्मी जैशी कठायत लम्कीचुहा २ मोतिपुरस्थित घरमा भाडा लिएर बस्दै आएकी थिइन्।  पक्राउ परेकी राधाको बयानको आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.