|

काठमाडौं : राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ। सरकारले यसअघि मोटर खरिदका लागि उपलब्ध गराउन लागेको ४ करोड रुपैयाँ अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ मगेको हो।

राष्ट्रपति कार्यालयले नेपाली सेनामाफृत गाडी खरिद गर्न लागेको हो। सेनाको प्रारम्भिक अनुमानअनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ। सेनाले कार उत्पादन गर्ने केही कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ।

‘राष्ट्रपति कार्यालयले अर्थमन्त्रालयबाट आएको ४ करोड रुपैयाँको प्रतिबद्धता कार खरिदका लागि पर्याप्त नभएको भन्दै त्यसमा १२ करोड रुपैयाँ थप मागेको हो’, रक्षा मन्त्रालय उच्च स्रोतल भन्यो।

राष्ट्रपति कार्यालय र सेना दुवैले मोटर खरिद विषयमा मन्त्रालयमा पत्र पठाएको पुष्टि रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नलिगाले गरे। उनले भने, ‘यसमा के गर्ने भनेर मन्त्रालयले चाँडै निर्ण गर्नेछ। उनका अनुसार राष्ट्रपतिको सवारीका लागि बुलेटप्रुफसहित सुरक्षाका लागि २ कार, एम्बुलेन्स, बस र मोटरसाइकल किन्न भनेर थप रकम मागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.