|

चितवन : नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि रातिमा बन्द हुने भएको छ। रातिको समयमा जोखिम बढेको भन्दै व्यवस्थापिका संसदको विकास समितिको निर्देशनअनुसार आइतबारदेखि रातिमा सडक बन्द गर्न लागिएको हो।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले अर्काे सूचना नआउँदासम्म रातिमा सडक बन्द हुने  जानकारी दिए। रातिमा चल्ने गाडीहरुलाई गाडीको प्रकारअनुसार फरक–फरक समयमा र फरक–फरक ठाउँमा रोकिने र छाडिने छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठूला बस, मिनीबस, माइक्रो तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोकिने छ भने बिहान ४ बजे छाडिने छ।

पोखराबाट आउने सवारीहरुलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौंबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने जनाइएको छ। ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र विहान ५ बजे छाड्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।

यस्तै चितवनबाट जाने ट्रकहरुलाई जुगेडी चौकी आसपासमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने छ। पोखबाबाट आउने ट्रकहरुलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडौंबाट आउने ट्रकहरुलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुबै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने चितवन प्रहरीले जनाएको छ।

रोकिएका सवारीलाई रोक्ने समयमा र छुटेने समयमा लेनमा कडाई गरिने भएकाले यसतर्फ सवारीचालकलाई ध्यानाकर्षण गराइएको छ।

वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने सवारीहरुलाई भने सोही बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष पन्तले अपिल गरेका छन्। सो सममया प्रहरी र आयोजना सम्मिलित र्यापिड रेस्पोन्स टिम परिचालन हुने जनाइएको छ। 

मुख्य गरी मुग्लिनदेखि घुमाउनेसम्मको अति जोखिमयुक्त क्षेत्रमा रात नपर्दै सवारी कटाउने लक्ष्यसहित सवारी छुट्ने र जाने कार्यतालिका बनाइएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सडक विस्तारको क्रममा रहेकाले मुग्लिन सडकमा विभिन्न क्षेत्रमा पहिरो खस्ने जोखिम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.