विचार

चेलालाई चरित्रनिर्माणमा लगाउने नै वास्तविक गुरु
SHARES

Photo : dainiktribuneonline.com
असार २५, २०७४

    चलनचल्तीको पात्रोअनुसार आषाढशुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ। यो दिन ज्ञान दिने गुरुको पूजा गर्ने वा सम्मान गर्ने परम्परा छ। यसै दिन पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती मनाइन्छ।

    गुरुपूर्णिमामा अहिले गरिनेजस्तो विधान भने वेद, पुराण आदि शास्त्रमा पाइँदैन। स्वाद्ध्यायशालाबाट प्रकाशित ‘वैदिक हिन्दु धर्मसंस्कृति’ पुस्तकअनुसार व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको हो। मठमा एकत्रित भएर गुरुको पूजा गरी चार महिना (चर्तुमास) भरि सँगै बस्ने कर्मको अङ्ग हो। निर्णयसिन्धु र धर्मसिन्धुमा पनि यो विषयको उल्लेख छ।

    को हुन् गुरु ?
    मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। अर्थात् माता–पिता–गुरुलाई देवतासरह मान वा मान्ने होऊ। यो वेदको उपदेश हो। शास्त्रज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने वैदिक मान्यता छ। वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा माता पिता र गुरुको मुख्य भूमिका रहने मानिएको छ।

    मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। अर्थात् माता–पिता–गुरुलाई देवतासरह मान वा मान्ने होऊ। यो वेदको उपदेश हो। शास्त्रज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने वैदिक मान्यता छ। वैदिक परम्परामा व्यक्तिको चरित्रनिर्माण र ज्ञानप्राप्तिमा माता पिता र गुरुको मुख्य भूमिका रहने मानिएको छ।

    मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। ‘जसले शास्त्रको निर्क्योल गर्छ, अरुलाई आचरणमा राख्दछ र स्वयं पनि आचरणको पालना गर्छ, त्यो नै गुरु (आचार्य) हुन्छ’, स्मृतिमा भनिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ।

    गुरुको महिमा
    सनातन धर्ममा गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । इहलौकिकमात्र नभई र पारलौकिक मोक्षका लागि समेत ज्ञान दिने गुरुको महिमा अपार छ। कतिपय प्रसङ्गमा त गुरुलाई त्रिदेवकै स्वरूप मानिएको छ, गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मैश्री गुरवे नमः।

    गुरु शब्दको अर्थ
    गु शब्दस्त्वन्धकारः स्याद् रु शब्दस्तन्निवारकः, अन्धकार निरोधित्वाद् गुरुरित्यभिधीयते। गु–अन्धकार रु– नाश गर्ने अर्थात् अन्धकारतिर जानबाट रोकी ज्ञानको उज्यालो छर्ने व्यक्ति नै गुरु हुन्। अर्को अर्थमा निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ। हृदयको अन्धकार हटाउने विद्या मात्र ‘विद्या’ हो। विद्यामा पारङ्गत गराउने गुरु हुन् र गुरुको अनादर गर्नेको विद्या स्थिर रहँदैन भन्ने शास्त्रको मान्यता छ।

    गुरुको मार्गदर्शनविना वा पुस्तकको आधारमा मात्र प्राप्त गरिएको ज्ञानलाई मान्यता दिइएको छैन। एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने उसलाई पशुभन्दा पनि नीच मान्नुपर्ने चाणक्यको भनाइ छ।

    गुरुका प्रकार
    शास्त्रमा गुरुका अनेक भेद बताइएका छन्। ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि-महर्षिहरूलाई गुरु मानिएको छ। ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ। गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई जगतकै गुरु (कृष्णं वन्दे जगद्गुरुम्...) भनिएको छ। कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्दछन्। बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन्। तन्त्रमा पनि गुरुका विविध भेद बताइएका छन्। लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ।

    श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौं, आठौं र नवौं अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ। दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन्। प्रत्यक्ष उपदेश नदिए पनि आफ्नो बुद्धिअनुसार उनीहरूको व्यवहारबाट शिक्षा ग्रहण गरेका हुन्।

    भागवतमा २४ गुरु
    श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौं, आठौं र नवौं अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ। दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पतङ्ग, भमरा, हात्ती, माहुरी, हरिण, माछा, वेश्या, कुरर पक्षी, बालक, कुमारी, बाण बनाउने व्यक्ति, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन्। प्रत्यक्ष उपदेश नदिए पनि आफ्नो बुद्धिअनुसार उनीहरूको व्यवहारबाट शिक्षा ग्रहण गरेका हुन्।

    नीतिको प्रसङ्ग
    नीतिमा पनि काग, कुकुर र गधाजस्ता पशुपक्षीबाट लिनुपर्ने शिक्षाबारे उल्लेख पाइन्छ। चाणक्य नीतिअनुसार काम सानो होस् वा ठूलो त्यसलाई हरतरहले पूरा गर्ने गुण सिंहबाट सिक्नुपर्छ। संधै सुरक्षित रहने, आफूसँग जोडा राख्ने, बेलाबेलामा संग्रह गरिरहने र कसैमाथि पनि विश्वास नगर्ने यी गुण कागबाट लिनुपर्छ। धेरै खानसक्ने शक्ति भए पनि अलिकतिमै सन्तुष्ट हुने, मस्त निन्द्रामा भए पनि तुरुन्तै उठिहालने, मालिकभक्ति र सुरोपना आदि गुण कुकुरबाट सिक्नु भन्ने चाणक्यको भनाइ छ।

    गुण ग्राह्य गर्न सकिने प्राणी वा वस्तुलाई गुरु मान्ने सन्दर्भ विभिन्न शास्त्रमा आए पनि आत्मज्ञान दिएर चेलालाई चरित्रनिर्माणमा लगाउने नै वास्तविक गुरु हुन्छन्। तिनै गुरु युग युगान्तरसम्म पूज्य हुन्छन्।

    dhitalramprasad@gmail.com

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]