साहित्य

डा. ज्ञवालीको यात्रा महाकाव्य ‘स्वप्नदृष्टि’ लोकार्पित
SHARES

असार २५, २०७४

    काठमाडौँः प्रखर कवि एवं समालोचक डा. रामप्रसाद ज्ञवालीको यात्रा–महाकाव्य ‘स्वप्नदृष्टि’ शनिबार राजधानीमा सार्वजनिक गरियो।

    महाकाव्यको लोकार्पण नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हक, राजनीतिज्ञ नारायणमान बिजुक्छे ‘रोहित’ र साहित्यकार मोहन दुवालले संयुक्त रूपमा गरेका थिए।

    कवि एवं समालोचक डा. देवी नेपालद्वारा सञ्चालित समारोहमा डा. ज्ञवालीद्वारा लिखित स्वदेश गान गायक दामोदर अधिकारीले गाएर कार्यक्रमको शुभारम्भ भएको थियो।

    कवि मित्रलाल पंज्ञानीले कविको दृष्टिबाट ‘स्वप्नदृष्टि’ महाकाव्यका बारेमा चर्चा गरेका थिए। उनले डा. ज्ञवालीको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै कुनै पनि काम थालेपछि नछाड्ने ज्ञवाली थाक्दै नथाक्ने व्यक्ति भएको बताए। डा. ज्ञवालीलाई ‘कविताको लत लागेका व्यक्ति’ भन्दै पंज्ञानीले कुनै पनि कुरामा कहीँ र कसैसँग पनि बहसको थालनी गर्ने, सिर्जनाको निरन्तर बेग भएका, श्रमजीवी वर्गका पक्षधर, विशिष्ट कवित्व क्षमता भएका र सूक्तिमय लेखन शैली भएका व्यक्ति भएको बताए।

    प्रा.डा. हेमचन्द्र नेपालले महाकाव्यले समृद्धशाली उत्तर कोरिया र दक्षिण कोरियाको मिलन आवश्यक भए पनि शक्ति राष्ट्रको अवरोधका कारण संभव नभइरहेको पक्षलाई उजागर गरेको बताए। प्रत्येक कवितामा विचार हुने र त्यसमा कविको कला मिसिने हुँदा यस महाकाव्यमा पनि पहिलो र दोस्रो सर्गमा कवित्वको उचाइ प्राप्त गर्न सकिने र त्यो उचाइ कालिदासको कोटिको रहेको नेपालको भनाइ थियो।

    प्रा.डा. महादेव अवस्थीले महाकाव्यलेखन चुनौतीपूर्ण कार्य भएको र समीक्षा गर्नु पनि त्यत्तिकै चुनौतीपूर्ण कार्य भएको बताए। विद्वानका चिन्तन र विचारलाई समेत समेटेर गम्भीर अर्थ सम्प्रेषण गर्ने स्रष्टाले मात्र महाकाव्य लेख्नसक्ने उनको धारणा थियो।

    कोरिया विज्ञ शंकर भारतीले महाकाव्यका आठ सर्ग नेपालदेखि चीनका र बाँकी नौ सर्ग कोरियाका बारेमा लेखिएको बताए। शक्ति राष्ट्रहरूले उत्तर कोरियाका बारेमा प्रचार गर्ने गरेजस्तो भ्रमात्मक अवस्था नभएको भन्दै भारतीले बरु राष्ट्र र जनताको संयुक्त प्रयत्नबाट, मेलमिलापबाट राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने अनुपम नमुनाको देश उत्तर कोरिया भएको धारणा राखे।

    प्रमुख अतिथि नारायणमान बिजुक्छे ‘रोहित’ले नेपाली साहित्यमा साधनारत डा. रामप्रसाद ज्ञवालीले लेखेको ‘स्वप्नदृष्टि’ महाकाव्य उच्चस्तरको रहेको बताए। उत्तर कोरियाका पूर्व राष्ट्रपति किम इल सुङको चरित्र वीर र धीर रहेको भन्दै रोहितले उनमा महाकाव्यको नायकमा हुनुपर्ने गुण रहेको धारणा राखे। यद्यपि, डा. ज्ञवालीले त्यस्तो नायकलाई यस महाकाव्यमा स्थापित नगरेको उनको भनाइ थियो।

    महाकाव्य प्रकाशक ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेले उत्तर कोरियाका बारेमा भ्रम छर्ने प्रयत्नका विरुद्धमा र अन्धविश्वास चिर्ने प्रयास स्वरूप डा. रामप्रसाद ज्ञवालीले यो महाकाव्य लेखेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]