|

पोखरा : कास्कीको पोखरा लेखनाथ महानगरपालिकाबाट ठूलो परिणामको लागूऔषध सहित एकजना पक्राउ परेका छन्। पोखरा लेखनाथ महानगरपालिकाका ३२ का २६ वर्षिय जितेन्द्र गुरुङलाई प्रहरीले आइतबार दिउसो ४ बजे महानगरको शिशुवाबाट पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरोको विशेष प्रहरी टोलीले गुरुङलाई १ हजार ७८५ थान लागू औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट डाइजापाम ५९८ थान, नुर्फिन २८८ थान, टेलिजेसिक २९२ थान र फेनरागन ६०७ थान गरी जम्मा १ हजार ७८५ थान लागूऔषध बरामद गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो गण्डकीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङ सहितको प्रहरी टोलीले भारतीय नागरिक विवेक भनिने कमलेश गुप्ताले भारतबाट पोखरासम्म लागूऔषध पठाएको विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त मात्रामा रहेको लागूऔषध बरामद गरेको हो।

पक्राउ परेका जितेन्द्र गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी लूगुऔषध मुद्दा अन्तर्गत थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.