बुटवल : पाल्पास्थित तिनाउ खोलाले जीप बगाउदा ४ जना बेपता भएका छन्। बिहेभोज खाएर फार्कँदै गरेका यात्रु बोकेको लु१ज १२१७ नम्बरको जीप गएराति १२ बजे माथागढी-३ स्थित सराईबाट खोलाले बगाएको प्रभास प्रहरी चौकी पाल्पाले जनाएको छ।
जीपसंगै बगेका तानसेन– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी-१ का अन्दाजी ४० वर्षका तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदमबहादुर कवँर मगर बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता खोजी कार्य जारी छ। तर, खोलामा पानीको बहाब निकै उच्च भएकाले खोजी कार्यमा समस्या भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।