ज्ञानेन्द्र श्रेष्ठले ज्ञानेन्द्रमानलाई १ सय ७४ मतले हराए

|

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा निर्वाचित तथा पहिलो नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ काजी हुन्। पहिलो नगरप्रमुख बन्नको लागि कटारी नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका श्रेष्ठले प्रतिद्वन्दीभन्दा १ सय ७४ बढी मत पाए। उनले जम्मा ६ हजार ९ सय ९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र मानसिंह राउतले  ६ हजार ७ सय ३५ प्राप्त गरी पराजय भए।

नगरप्रमुख बनेका श्रेष्ठले कुनै वेला हिमाली यातयात व्यवसायी संघ शाखा कटारीका जागिरे हुन्। नगर सरकार प्रमुख भएर श्रेष्ठ जनताको काममा व्यस्त छन्। श्रेष्ठ निर्वाचित भएपछि अहिले कटारी नगरपालिकाको काम कारबाही चुस्त दुरुस्त बनाउन निरन्तर जुटेका छन्।

यस्तो छ श्रेष्ठको पहिलो बठैकको निर्णय

प्रमुख श्रेष्ठले कटारी नगरपालिकामा पदभार ग्रहण गर्दै पहिलो निर्णय महाभारत क्षेत्रमा अस्पताल बनाउने निर्माण गर्ने निर्णय गरेका छन्। ‘नगरपालिकाको माथिल्लो पहाडी भेगका नगरवासीहरुलाई स्वास्थ्यमा पहुँच पुराउन अस्पताल बनाउने निर्णय गरेको हुँ।’ थाहाखबर सँगको कुराकानीमा उनले भने, ‘जनताको माझमा मैले घोषणा गरेका धेरै योजना पाँच वर्षभित्र पूरा गर्नेछु।’

यसैगरी, नगरका सबै सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण गर्ने उनले दोस्रो निर्णय गरेका छन्। त्यसैगरी कटारी अस्पतालको स्तरउन्नतिका साथै ब्लड बैंकको स्थापना गर्ने तेस्रो निर्णय गरेको श्रेष्ठले बताए। ‘मेरा घोषणा पत्रमार्फत जनतासँग गरेका वाचा पूरा गर्नेछु,’ उनले भने, ‘कटारी नगरपालिकाकै पहिलो प्रमुख भएकाले नमुना काम गर्ने अठोट लिएको छु।’

के छन् त श्रेष्ठका यस्ता योजना?

कटारी नगरपालिकाभित्र पर्ने अधिकांश खेतीयोग्य जमिनलाई उपयोग गर्ने। बाह्रै महिना उत्पादन योग्य बनाउनेको लागि बाह्रैमहिना सिँचाइ सुविधा उपलब्ध गराउने। कृषि प्रविधिकहरुको सेवा कृषकलाई सहज बनाउने मुख्य रहेको बताए।

कटारी नगरमा सडक सञ्जालको लागि गुरु योजना तयारी गर्ने, कनपा भित्रका निर्माण भएका सडकहरुको स्तरोन्नति गर्ने, सडक सञ्जालभित्र नजोडिएका कटारी नगरपालिका भित्रका जुनसुकै वडाहरुको बस्ती पहिचान गरी सडक पुर्‍याउने।

कनपाको प्रमुख कटारी बजारसम्मका १४ वडै वडाबाट सडक सहज बनाउने। कटारी बजारलाई आधुनिकरण गर्दै आधुनिक सहरको बिकास गर्ने। सडकको दुवैतर्फ ढल निकाशको व्यवस्था गर्ने। सडकको लागि दुवैतर्फ वृक्षारोपण गरी हरियाली बनाउने। कटारी बजारमा सिसिटिभी क्यामेरा जडान गरी चौबिसै घण्टा सुरक्षा निगरानी राख्ने। सुकुम्वासी समस्यालाई स्थानीयस्तरबाटै गुरु योजना बनाई समाधान गर्ने।

पहाडी सहर हिल स्टेशनको विकास गर्न गहुँबारी, बेतेनी, लिम्पाटारलाई विशेष ध्याँन दिने।  त्रिवेणी, कटारी, रिस्कु जस्ता स्थानमा सहरी विकासका योजनाहरु तयार गर्ने। सहरको सौन्दर्यताका लागि ग्रीन सिटीको अवधारणाअन्तर्गत अध्ययन गर्ने। कनपा क्षेत्रमा वाल उद्यान, वनभोजस्थल, स्वीमिङ पुलको व्यवस्था गर्ने।

भूमिहीन, बिपन्न दलित र सुकुम्बासीहरूको पहिचान गरी सबै वडाक्षेत्रमा जनता आवास लगायतका कार्यक्रम लागू गर्ने लगायतका योजना रहेको श्रेष्ठले बताए। ‘मैले घोषणा पत्रमा धेरै उल्लेख गरेको छु।’ उनले भने ‘पाँच वर्षमा कम्तीमा  एक हजार एककृत घर निर्माण गरी नमुना बस्तिको योजनामा लग्ने छु।’

प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न क्षमता विकास, पूर्व सूचना प्रणाली साथै, खोज तथा उद्धारसम्वन्धी सीप, राहत एवं पुन:स्थापना र पुननिर्माणसम्बन्धी विशेष कानुन निर्माण गरी नगरस्तरीय विपद् कोष खडा गर्ने लगायतका योजनाहरु छन। विशेष गरेर शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लागयतका चौतर्फी रुपमा जोड दिनेछु।

यस्तो छ, श्रेष्ठको पृष्ठभूमि

नगर प्रमुख श्रेष्ठ २०२४ साउन १५ गते बुबा सीताराम श्रेष्ठ र आमा नानीमाया श्रेष्ठको कोखबाट कटारी बजारमा जन्मिएका हुन। उमेर झण्डै ५० बसन्त पार हुनै लाग्दा कटारी नगरपाकिाल प्रमुख हुने सौभाग्य पाएका हुन्।

शिक्षा प्रवेशिका परिक्षा पास गरेका श्रेष्ठ कटारी चर्चित यातयात व्यवसायीको रुपमा कहलिन्छन। पूर्व-पश्चितम राजमार्गअन्तरगत कटारीको मिर्चैया हुँदै कटारी बजार जोड्ने सडक बनेपछि उनि कटारीमा रहेको हिमाली यातयात व्यवसायी संघका संस्थापक कार्यालय प्रमुख हुन्।

सोलुखम्बु, ओखलढु‌ंगा हुँदै उदयपुरको कटारीदेखि सिरहानको मिर्चै जोड्ने सिद्धिचरण लोकमार्ग नबन्दा खोटाङ, ओखलढुँगा र उदयपुरको अहिले कटारी नगरपालिकासँग जोडिएको हर्देनी, मयाँखु, लेखानी, सोरुङ लगायतको नुत तेल खाने बजार कटारी हो।

त्यही कटारी बजारको स्थानीय समस्यालाई नजिकबाट नियाल्ने हालका नगरप्रमुख २०४६ सालको पहिलो जनआन्दोलनसँगै नेकपा एमालेको राजनीतिमा छिरेका हुन्। एमालेको १० नम्वर इलाका समिति सदस्य हुँर्दै अहिले श्रेष्ठ उदयपुर जिल्ला समितिको उपसचिव थिए। पार्टी राजनीतिकभन्दा बाहिरका एमालेका विभिन्न जनवर्गीय संगठनका समेत जिम्मेवार सम्हाली सकेका छन। ‘एमालेनिकट यातयात व्यवसायी महासंघ, खेलकुद महासंघ तथा खेलकुद महासंघको सगरमाथा इन्चार्ज भइसकेको छु,’ उनले भने, ‘रोजीरोटीको लागि हिमाली यातयात व्यवसायी संघमा जागीर समेत गरेको छु।’  

विभिन्न सामाजिक संघ संस्थाबाट समाज सेवा रुचि राख्ने श्रेष्ठ अहिले  उपप्रमुखसहित एमालेकै भीमकुमारी राउतको साथमा ६ वडामा कांग्रेस, ४ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र र १ वडामा स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधि लिएर आमुल परिवर्तन गर्न लम्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.