|

रुपन्देही : रुपन्देहीमा दुई बालकको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका ४ का बैजनाथ तेलीका ६ वर्षका छोरा सरवेश तेलीको नहरमा पौडी खेल्दै गर्दा डुबेर मृत्यु भएको छ। आइतबार घर नजिकैको नहरमा पौडी खेल्दै गर्दा डुबेका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, तिलोत्तमा नगरपालिका वडा न. ९ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर अर्का एक बालकको मृत्यु भएको छ। गहुँगोरो वर्णको, पातलो कदकाठी रहेको अन्दाजी  १२/१३ वर्ष उमेरका बालकको नाम ठेगाना खुल्न नसकेको मंगलापुर प्रहरीले जनाएको छ। 

केउलानीस्थित गौतम बुद्ध माविदेखि केही उत्तर बाजीटोल र वनवुट्टाको सिमानामा पर्ने सो खोलामा टाउको गाडीएको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ। साथीभाईसँगै पौडी खेल्न गएका ती बालक अचानक डुबेसँगै साथीभाइ भागेको हुन सक्ने मंगलापुर प्रहरीले अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.