|

ओखलढुंगा : यतिबेला ओखलढुंगाका किसानलाई  रोपाइँले भ्याईनभ्याई बनाएको छ। पानी नपरेका कारण जिल्लाका पाखा खेतहरुमा रोपाइँ  नभए पनि लिखु खोला, मोलुङखोला र सुनकोकोसी तिरका खेतहरुमा  रोपाइँको मारामार छ। रोपाइँका बेला सुनकोसी आसपासका बासिन्दा भने नदीले बगाएर ल्याएको दाउरा निकाल्नमा ब्यस्त छन्।

केही दिनयता पानी परिरहेका कारण सुनकोसी बढेको छ। पानीको बहाव बढ्नेबित्तिकै नदीले दाउरा लगायतका सामग्री बगाएर ल्याउने गर्छ। त्यही दाउरा निकाल्न ज्यानको जोखिम मोलेरै नदी किनारमा स्थानीयको भीड लाग्न थालेको छ। सुनकोसी आसपासका हर्कपुर, माझीटार, दोभानलगायत बलखुको तल्लो भेगका बासिन्दाले दाउरा निकालिरहेका छन्। खासमा यो क्षेत्रमा वनजंगल सीमित भएका कारण यसरी दाउरा हारालुछ गरेर निकाल्नुपरेको स्थानीयहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.